ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुमको उद्घाटन | Khabarhub Khabarhub

ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुमको उद्घाटन


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बी. अटोमोटिभ प्रा.लि.को उद्घाटन गरेको छ ।

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आफ्ना ग्राहकहरुको सुविधाका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सञ्चालनमा ल्याएको हो ।

सिपद्रीले आफ्नो प्रतिबद्धताअनुसार नेपालभरी सञ्जाल फैलाउने क्रममा सो सेवा केन्द्रको उद्घाटन गरेको जनाएको छ ।

कार्यक्रममा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सन्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिको स्वागत र जे.बी. अटोमोटिभका अध्यक्ष जे.बि. घिसिङ र ज्योती बानियाँले शो रुमको उद्घाटन गरेका थिए ।

कम्पनीका अनुसार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ सिरिजका सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : १८ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको