'अभिनेता बन्न एनएसडी पढ्नुपर्छ भन्ने थियो तर कहिले सेलेक्ट भइन' | Khabarhub Khabarhub

‘अभिनेता बन्न एनएसडी पढ्नुपर्छ भन्ने थियो तर कहिले सेलेक्ट भइन’


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूले पाएको भूमिकालाई जीवन्त बनाउने अभिनेता हुन् मनोज बाज्पायी

उनले क्यारेक्टरमा जीवन भर्ने गर्छन् । फिल्मसँगै पछिल्लो समय ओटीटीको लागि बन्ने फिल्म तथा सिरिजमा समेत उत्तिकै क्रियाशील मनोजले यो नाम सहज तरिकाले भने बनाएका होइनन् । उनले यसको लागि संघर्ष गरेका छन् । मध्यमवर्गीय किसान परिवारका छोरा थिए , मनोज । उनलाई पिताले डाक्टर बनाउन चाहन्थे । मनोजको पिताकै सपना थियो डाक्टर बन्ने । तर, उक्त समयमा एडमिसन गर्न पैसा नभएकै कारण त्यो सपना अधुरो रह्यो । त्यसैले मनोज माथि पिताले त्यो सपना पुरा गर्ने दायित्व सुम्पेका थिए । यद्यपि मनोज भने डाक्टर तर्फ नभई अभिनयमा आकर्षित थिए । किनकी उनले होस सम्हाल्दै नै आफू फिल्मको पर्दामा देखिन्छु भन्ने सोचेका थिए । निकै शान्त स्वभावका मनोजको मनोबल बढाउने काम स्कुलमा भयो ।

‘एक पटक स्कुलमा एउटा इभेन्ट थियो । त्यसैले क्लासमा आएर शिक्षकले कसले सहभागिता जनाउने भनेर सोध्नु भयो त्यहाँ कसैले नबोलेपछि शिक्षक आफैले मलाई हरिवंश राजजीको कविता ‘जो बित गयी, वो बात गयी’ हरेक दिन क्लासमा सुनाउनु भन्नु भयो । उक्त इभेन्ट नआउँदासम्म मैले हरेक दिन त्यो कविता क्लासमा सुनाए’ मनोजले भने । यसरी उनको अभिनय वा प्रस्तुतिको यात्रा सुरु भयो । यसले उनलाई अरुको अगाडि आफ्नो भावना व्यक्त गर्ने साहस पनि दियो । अभिनयमा आफूलाई देखिरहेका मनोजले नेशनल स्कुल अफ ड्रामाको बारेमा थाहा पाए । उनले अभिनेता नसिरुद्दीन साहको एक अन्तर्वार्ता पढेका थिए । जहाँ एनएसडीको बारेमा लेखिएको थियो । त्यति मात्र होइन राज बब्बर , ओम पुरी लगायतका केही कलाकारको अन्तरवार्ता पनि एनएसडीकै कुरा गरिएको थियो । त्यसपछि मनोजलाई लाग्यो कि अभिनेता बन्नु छ भने त्यहाँ गएर सिक्नै पर्छ । यद्यपि त्यो पनि उनको लागि सहज थिएन ।

‘म कक्षा ५ मा पढ्दा नै दिल्ली जाने योजना बनाएको थिए किनकी मलाई ग्राजुएसन सकाएर एनएसडीमा पुग्नु थियो’ मनोजले भने । कक्षा १२ पास गरेपछि मनोजले पनि दिल्ली जाने तयारी गर्न थाले । तर, उनलाई सहज थिएन । उनले आफैसँग कक्षा ४ देखीकै स्कुले साथीसँग सहयोग मागे । टिकट नभए पनि लागे दिल्ली । किनकी उनलाई त्यहाँ पुग्नु नै थियो । ‘म सँग टिकेट थिएन । त्यसैले चेक गर्न आउँदा अर्को डब्बामा जान्थे । अन्तिम डब्बाबाट स्टेसनमा रोक्दा फेरी आफ्नो डब्बामा फर्किन्थे । यसरी दिल्ली पुगेको थिए’ मनोजले भने । यति दुःख गरेर दिल्ली पुग्दै गरेका मनोजले आइटीयो पुलबाट दिल्ली नियाल्दै आफ्नो पोस्टर सहरमा हुने प्रण गरे । 

दिल्ली युनिभर्सिटीमा ३ वर्ष पढाई गर्दा उनले ‘स्ट्रीट थियटर’ ज्वाइन गरे । किनकी उनको चाहना त यहीँ थियो । यद्यपि उनलाई एनएसडीमा पुग्नु थियो , त्यहाँ अभिनय सिक्नु थियो । उनी त्यहीँ अनुरूप एनएसडी गए तर त्यहाँ उनको सेलेक्सन भएन । ‘म त्यो दिन निकै रोए । किनकी मेरो सपना टुटेको थियो । एनएडडीबाट रिजेक्ट भएपछि म यतिसम्म टुटेको थिए कि म सँग एक जना साथीसँगै हुन्थे । मैले आत्महत्या गर्छु भन्ने डर थियो , उनीहरूलाई’ मनोजले पुरानो समय सम्झिए

त्यसपछि उनलाई एक साथीले सुझायो, थियटर वर्कसप गर्नलाई । ‘मैले एक सम्भव ग्रुपको बारेमा थाहा पाए, जहाँ एनएसडीका धेरै थिए । त्यसपछि मैले त्यहाँ वर्कसप गर्ने निर्णयका साथ अगाडि बढे । ३ सय ६५ दिनको थियटर गर्न मसँग पैसा पनि थिएन । एक साथीले २ हजार दिएपछि मैले त्यहाँ एडमिसन गराए’ मनोजले भने । मनोजको त्यो सपना नै थियो । उनले त्यहाँ ३ सय ६४ दिन सहभागिता जनाए । त्यो देखेर सबै चकित थिए । उनी यतिसम्म लगनशील थिए । त्यसपछि उनी पुनः एनएसडी गए । किनकी वर्कसपको दौरान पाएको प्रतिक्रियाले मनोजमा केही उत्साह थपेको थियो । यद्यपि यसपटक पनि उनले एडमिसन पाएनन् । उनी चकित थिए । किनकी एनएसडीको शिक्षकसँग उनले थियटर पनि गरेका थिए ।

‘म आफैँले बुझी सकिरहेको थिइन् कि म कहाँ गलत छु ? किन मेरो सेलेक्सन भइरहेको छैन ? मैले त्यो अझै बुझ्न सकेको छैन’ मनोजले कही कतैबाट जवाफ पाएनन् । दोस्रो पटक एनएसडी प्रवेशमा फेल भएका मनोजले ब्यारी जोनसँग काम गर्ने अवसर पाए । प्राय अंग्रेजी थियटर गर्ने ब्यारीले हिन्दीमा केही प्ले गर्न लागेका थिए । जहाँ मनोज सेलेक्ट भए । ‘मलाई जोनले एसिस्ट गर्न अफर गरे । त्यसका लागि मैले १५ सय पाउथेँ भने उनले एनएसडीको लागि तयारी पनि गराउने बताएका थिए’ मनोज भन्छन् ,’त्यसपछि मैले त्यहाँ काम गर्न थाले । उनले केही पुस्तक पनि दिए पढ्नलाई ।’ त्यसपछि मनोज तेस्रो पटक एनएसडी पुगे, एडमिसनको लागि । त्यतिबेलासम्म मनोज दिल्लीको थियटरमा चिनिएको नाम बनिसकेका थिए ।

तर, पनि उनलाई एनएसडीमा पढ्नु नै थियो । किनकी उनको बाल्यकाल देखीकै सपना थियो । ‘तेस्रो पटक पुग्दा मैले गरेको अभिनयमा सबै खुसी भए र मलाई सोधे एनएसडी नै किन ? मनोजले भने । म अरु सबै छाडेर केवल अभिनयमा फोकस गर्न चाहन्छु र यो प्रशिक्षण बाहिर पाइदैन । तिन वर्षसम्म म अन्य कुरा छाडेर अभिनय मात्र बुझ्न चाहन्छु ।’ तर, यसपटक पनि उनको एडमिसन भएन । यद्यपि उनलाई त्यहाँ टिचर बन्ने प्रस्ताव आयो । बाल्यकाल देखि बोकेको सपना पुरा नहुँदा जति दुखी थिए मनोज त्यति नै आएको प्रस्तावले खुसी पनि । त्यसपछि उनले पितालाई पत्र मार्फत आफू डाक्टर बन्न नसक्ने जानकारी दिए ।

अभिनय यात्रामा निस्किएका मनोजलाई अब बलिउड तर्फ लम्किनु थियो । यद्यपि उनको बलिउडमा चिनजान कोही थिएनन् । उनले जे गर्नु थियो, आफ्नै दममा गर्नु थियो । उनलाई एक दिन तिंगमांशु धुलियाले शेखर कपूरले बोलाएको भन्दै लिन आए । ‘पहिला त मलाई मजाक लाग्यो किनकी मेरो स्ट्रगल चलिरहेको थियो । तर, म उनलाई भेट्न गए । त्यहाँ मलाई ब्याण्डिट क्विनमा विक्रम मल्लाहको भूमिका दिइयो’ मनोजले सम्झिए । तर, त्यो रोल फिल्म सुरु हुँदा निर्मल पाण्डेलाई दिइयो । किनकी शेखरको पहिलो रोजाइ नै निर्मल नै थिए । निर्मल लण्डन गएकोले मनोजलाई बोलाइएको रहेछ । त्यसपछि मनोज थियटर गर्न नै कलकत्ता पुगे ।

‘कलकत्तामा मलाई तिंगमांशुको फोन आयो । उनले मलाई तत्कालै दिल्ली बोलाए । किनकी त्यही फिल्मको मान सिंहको क्यारेक्टरलाई नसिरुद्दीनले छाडेका थिए, जुन मलाई दिइयो’ मनोजले आफू निकै खुसी भएको बताए । उक्त फिल्मपछि शेखरकै सल्लाहमा मनोज दिल्लीबाट मुम्बई पुगे । त्यहाँ उनलाई सुरुवाती दिन झनै कठिन भयो । किनकी त्यहाँ थियटर पनि गर्न सकिरहेका थिएनन् । दिल्लीमा बनाएको आफ्नो रिलेशन छाडेर उनी मुम्बई पुगेका थिए । उनले त्यहाँ सन् १९९३ देखि १९९७ सम्म संघर्ष गरे ।

संघर्षकै क्रममा एक सिरियलमा कम गर्ने अवसर मिल्यो । तर, फस्ट टेकमै उनलाई अभिनय नराम्रो गरेको भन्दै निकालियो । ‘त्यहाँ साथ दिने कोही थिएनन्, निकै दुख सहनु पर्यो त्यो चार वर्ष’ मनोजले भने । त्यसपछि उनले  ‘स्वाभिमान’ सिरियलमा काम गर्ने अवसर पाए । १० एपिसोडको लागि भनेर उनलाई काम गराइयो । ‘मेरो पहिलो एपिसोड हेरेरै महेश भट्टले मलाई हतास नहुनु भने । सबैको अगाडि उनले मलाई राम्रो अभिनेता भन्दै मुम्बई नछाड यसले तिमीलाई धेरै कुरा दिन्छ भनेका थिए’ मनोजले त्यसलाई हौसलाको रुपमा लिए ।

त्यसपछि मनोजले धेरै एपिसोडसम्म सिरियलमा काम गरे । त्यही क्रममा उनले राम गोपाल बर्माको ‘दौड’ फिल्मको एक क्यारेक्टरको लागि सेटमा पुगे । त्यहाँ राम गोपालले मनोजलाई ‘तिमीले के गरेका छौ’ भनेर सोधे । मनोजले आफूले मान सिंहको क्यारेक्टर गरेको बताए । त्यसपछि राम गोपाल चकित भए । ‘उहाँले मलाई यो फिल्म नगर म अर्कै फिल्म बनाउँछु त्यो पनि तिमीलाई लिएर भन्नु भयो । तर, मलाई पैसाको लागि पनि फिल्म गर्नु थियो । त्यसैले दौडमा सानो भूमिका निर्वाह गरे’ मनोजले भने ।

दौड फिल्ममा काम गरेपछि राम गोपालले मनोजलाई लिएर  ‘सत्या’ फिल्म बनाए । त्यो फिल्मले मनोजको करियरलाई गन्तव्य नजिक पुर्‍यायो । त्यसपछि उनले संघर्षका दिनलाई बिदाइ गरे । यस्तै संघर्षलाई पार गर्दै मनोजले आज यो नाम बनाउन सफल भएका छन् ।

(मनोजले द अनुपम खेर सोमा गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ४ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६