सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो | Khabarhub Khabarhub

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १००  बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उहाँले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिनुभयो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका का प्रमुख बाबुराम लामिछाने, होटल व्यवसायी सङ्घका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङलगायतको सहभागिता थियो । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ३ : ११ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०