खोटाङमा माझी समुदायबाट एक जना जनप्रतिनिधि  | Khabarhub Khabarhub

खोटाङमा माझी समुदायबाट एक जना जनप्रतिनिधि 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एक जना मात्र जनप्रतिनिधि चुनिएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए । 

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशील सदस्यता लिएका हुन् । ‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्नेछु ’, लामीडाँडामा कांग्रेसका चार वडा सदस्य विजयी हुँदा वडाध्यक्षमा भने एमालेका बिरेन्द्र मगर निर्वाचित भएका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए । यस्तै,  दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित भएका थिए । यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बनेका छन् ।

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : २१ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न