बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र  | Khabarhub Khabarhub

बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै  अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो । 

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : १८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय