बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र  « Khabarhub

बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै  अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो । 

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : १८ बजे

पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४२ जनामा

धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन गर्न चुनौतीपूर्ण

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रकोबीच भागमा बनाइएको काँडे

पर्यटकको रोजाइमा भोजपरको सुन्तले बाघखोर

भोजपुर- भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइमा परेको

 एक सय शय्याको आयुर्वेद अस्पताल निर्माण प्रक्रिया सुरु

चितवन– मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय

मानिसकै लापरबाहीका कारण बढ्दै छ प्राकृतिक विपत्ति

गलेश्वर- हिमाली जिल्ला म्याग्दीमा मानवीय लापरबाहीका कारण प्राकृतिक विपत्ति बढ्दै