कान्समा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै चिच्याइन् महिला | Khabarhub Khabarhub

कान्समा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै चिच्याइन् महिला


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो मे २८ सम्म विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल चल्ने छ ।

यहाँ प्रिमियर हुने फिल्म र रेड कार्पेटमा हिँड्ने सेलिब्रेटीको चर्चा दिनहुँ जसो सञ्चारमाध्यममा भइरहेको छ । यसपटक नेपाली फिल्म कान्समा छानिएको छ भने नेपालकी एक्ट्रेस सुरक्षा पन्त पनि त्यहाँ पुगेकी छिन् । सुरक्षा नेपाली फिल्मलाई नभई विदेशी फिल्मलाई प्रतिनिधित्व गर्दै कान्स पुगेकी हुन् । यसले गर्दा पनि यसपटकको कान्सले नेपालीको ध्यान समेत तानिरहेको छ ।

यद्यपि एउटा अर्को सन्दर्भले समेत कान्स तर्फ सबैको ध्यान मोडिएको छ । कान्सको रेड कार्पेटमा एक महिला आइन् र टपलेस भएर चिच्याउन थालिन् । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’

No description available.

महिलाले युक्रेनको झण्डाको रङलाई आफ्नो शरीरमा लगाएकी थिइन् । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोक्यो ।त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए । ती महिला युक्रेनको अभियन्ता रहको बताइएको छ । युक्रेन र रुसबीच चलिरहेको युद्धमा महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । 

यसको विरोध गर्दै ती महिलाले  ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै रेड कार्पेटमा कराएकी हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : १५ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा