काठमाडौँ मेयरमा सिर्जनाकोभन्दा बालेनको मत १७ हजार बढी | Khabarhub Khabarhub

काठमाडौँ मेयरमा सिर्जनाकोभन्दा बालेनको मत १७ हजार बढी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ३९ हजार ५१५ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गरेकी छन् ।

मेयरमा कांग्रेस उम्मेदवार सिर्जनकोभन्दा बालेनले १७ हजार २४५ बढी मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले १७ हजार ७४० बढी मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६