एमबाप्पेले गरे पीएसजीमै रहने सम्झौता | Khabarhub Khabarhub

एमबाप्पेले गरे पीएसजीमै रहने सम्झौता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन( पीएसजी) सँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् ।

एमबाप्पेलाई भित्राउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन ।

रियाल पछिल्लो केही सिजन देखी लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने प्रयासमा थियो । रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो ।

हल्यान्ड यसै महिना मात्र इङलिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए ।

एमबाप्पे र पिएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो । एमबाप्पेले केही दिनअघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए । नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन् ।

‘म घोषणा गर्न चाहन्छु, मैले पिएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिए र म एकदमै खुशी छु’, एमबाप्पेले भनेका छन् , ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भए । मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु । ’

एमबाप्पेले पिएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा शनिबार मेइन्जविरुद्ध ५-० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : १८ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन