आंकाक्षी बढी भएपछि गोलाप्रथाबाट उम्मेदवार छनौट | Khabarhub Khabarhub

आंकाक्षी बढी भएपछि गोलाप्रथाबाट उम्मेदवार छनौट


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ ।

माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि आठ जना आकांक्षीको नाम गाउँपालिका समितिबाट सिफारिस गरिएपछि गोला प्रथा गरिएको नेकपा माओवादी जिल्ला समन्नय समिति संयोजक डा.दिपेन्द्र रोकायाले बताए ।

माओवादी केन्द्रले चंखिली गाउँपालिका अध्यक्ष छनोटका लागि गरिएको गोलाप्रथामा दुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन) छानिएका छन् । गोलाप्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी (पीडित) थिए ।

अध्यक्षका आकांक्षी गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजवीर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, धुर्बबहादुर शाही, सुरवीर ऐडी रहेका थिए। गोलाप्रथाबाट टिकट वितरण गरेपछि आकांक्षीमा असन्तुष्टि बढेको छ ।

हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ । अर्का अध्यक्षका आकांक्षी ध्रुवबहादुर शाहीले विचार सकिएपछि आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथाबाट टिकट वितरण गरेको गुनासो गरेका छन् ।

त्यसक्रमा शाही र माओवादीको पूर्वजिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य लालकेश जैशीबीच हात हालाहालको अवस्थासमेत आएको थियो ।

गोलाप्रर्था गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामालगायतको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : २९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६