तीन वर्षपछि राखेपको बोर्ड बैठक « Khabarhub

तीन वर्षपछि राखेपको बोर्ड बैठक

प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ऐतिहासिक बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो ।

युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको छ ।

बैठकले आगामी जेठ २२ देखि २८ गतेसम्मगण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार परिएको “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका” पारित गरेको छ । साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता सञ्चालनका लागि सहमति प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् प्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।

बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ । जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टिक्स, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साइक्लिङ, फेन्सिङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी७ ए साईट खेल सञ्चालन गरिने भएको छ । त्यसैगरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै प्रतियोगिता मुलआयोजक कमिटि, कार्यकारी समिति, उप–समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत पारित गरेको छ ।

एसियन खेलमा २३ खेल समावेश गर्ने निर्णय

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको हलमा सम्पन्न राखेपको बोर्ड बैठकले १९ औं एसियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कवड्डी, फेन्सिङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो ।

यस अघिका एसियन खेलमा खेलाडीहरूले देखाएको उत्कृष्ट नतिजा तथा पछिल्लो समयमा सफलता प्राप्त भईरहेका खेलहरूका आधारमा एसियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरिएको हो । बैठकले एसियन खेलकुदमा सहभागी हुने खेलाडीहरूको छनौट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

 बैठकले विभिन्न संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्ने देखि आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट माग गर्नेसम्मको निर्णय पारित गरेको छ ।

बैठकमा बोल्दै युवा तथा खेलकुद मन्त्री तथा बैठकका अध्यक्ष महेश्वर गहतराज (अथक) ले खेलकुदको महाकुम्भका रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए। उनले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न नसकिए थप एक वर्ष खेर जाने भएकाले दत्तचित्त भएर प्रतियोगितामा केन्द्रित हुन निर्देशन समेत दिए।

“हामी दुई वर्ष ढिला भइसकेका छौं” मन्त्री अथकले भने, “निर्धारित समयमै प्रतियोगिता गराउन सकिएन भने फेरी एक वर्ष पछि धकेलिनेछौं, त्यसैले निर्धारित समयमै प्रतियोगिता सम्पन्न गराउनु अपरिहार्य छ ।”

ल्च्ल्सहित ११ टिम सहभागी हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टिमको संख्या बढ्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङका अनुसार तीन विभागीय टिम र ७ प्रदेशका टिमका अलावा यस पटक एनआरएनको टिमलाई समेत प्रतियोगितामा सहभागीता गराउने तयारी भइरहेको छ ।

 पर्यटन प्रवर्द्धनका लागि खेलकुद सबै भन्दा बलियो माध्यम हुन सक्ने भएकाले नवौँ राष्ट्रिय प्रतियोगितामा एनआरएनको टिमलाई समेत सहभागी गराउने प्रयास भइरहेको घिसिङले जानकारी दिए।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ३० बजे

पश्चिम नेपाल भूकम्पको रेड जोन : भूगर्भविद् मुल

भक्तपुर– भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन

काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति

काठमाडौं– काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि

दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन

काठमाडाैँ- गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

मुगु– जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले

पासोमा परेको चितुवाको उद्धारका क्रममा मृत्यु

काठमाडौँ– दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ ।