गृहमन्त्री खाँणले सुने फिल्मकर्मीको समस्याहरू  | Khabarhub Khabarhub

गृहमन्त्री खाँणले सुने फिल्मकर्मीको समस्याहरू 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले कलाकर्मीहरुसँग गृह मन्त्रालयमा भेट गरेका छन् ।

No description available.

केहि दिन अगाडि मात्र राष्ट्रपतिद्वारा विभूषित कलाकारहरुसँग गृहमन्त्री खाँणले मन्त्रालयमै भेटघाट गरेका हुन् । नागरिकलाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाँणले बताएका थिए । भेटघाटको क्रममा भएको अन्तरक्रियामा फिल्मकर्मीले आफ्नो समस्याहरु राखेका छन् । 

अभिनेता भुवन केसीले नेपालमै नेपाली फिल्मलाई हेपाइको प्रवृत्ति बढिरहेको बताएका थिए । ‘हामीलाई यहाँ नेपालमा नै फिल्म रिलिज गर्न गाह्रो छ । सरकारले फिल्म क्षेत्रलाई वेवास्ता गर्दा हाम्रो मनोबल कम्जोर समेत भइरहेको छ’ भुवनले भने । हालै प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ पाखा लगाउदै विदेशी फिल्मलाई हल संचालकले प्राथमिकतामा राखेको भुवनले गृहमन्त्री खाँणलाई जानकारी गराए । उनले नेपाली फिल्म मार्फत देशको भाषाका साथै कला र संस्कृतिमा टेवा पुग्ने भएकाले सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिएका थिए । 

प्राइम टाइममा नेपाली फिल्मलाई प्राथमिकतामा राखेर प्रदर्शन गर्ने व्यवस्था मिलाउन पनि उनीहरुले आग्रह गरे । हल सञ्चालकहरुले भारतीय फिल्मलाई प्राइम टाइममा रिलिज गरेर नेपालीलाई उपेक्षा गरेको आरोप भुवनसँगै उपस्थित फिल्मकर्मीको थियो । विदेशी फिल्मको ‘डोमिनेसन’मा स्वदेशी फिल्म परेको भन्दै यसलाई कम गर्न कोटा प्रणालीबाट मात्रै प्रदर्शन गर्ने व्यवस्था मिलाउन आग्रह गरे । 

भुवनसँगै रहेकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि फिल्म रिलिज गर्दा निकै सास्ती खेप्नु पर्ने अनुभव राखिन् । करोडौं रकम खर्चेर विदेशी फिल्मका कारण हलमा रिलिज गर्ने बेला खुम्चिनु परेको छ, हामी यसमा दुखी छौं,’ दीपाले भनिन् । भुवनले झैँ दीपाले पनि विदेशी फिल्मको रिलिजमा कोटा प्रणाली लगाउन माग गर्दै यस विषयमा सरकारले गम्भीर भएर सोच्नु पर्ने बताइन । 

छिमेकी मुलुक चीनमा समेत कोटा प्रणालीमा विदेशी फिल्मले स्थान पाउने उदाहरण दिदै अभिनेता तथा निर्देशक नवल खड्काले नेपाली र विदेशी फिल्मलाई सँगसँगै प्रतिस्पर्धा गराउनु ‘बाघ र बाख्रालाई एक साथ दौडाउनु जस्तै भएको उदाहरण दिए ।‘नेपाली फिल्मको विकासमा सरकारले ध्यान नदिने हो भने पैसामात्रै विदेश जाने होइन, हाम्रो कला र संस्कृति पनि विदेशीकै हाबी हुन्छ, यसले देशको हित गर्दैन ’ नवलले भने । 

साथै, उनले छायांकन गर्दाको समस्या समेत राखे । ‘ मैले छायांकन र सेन्सरमा समस्या भोग्ने गरेको छु । फिल्म प्रति राज्य जिम्मेवार बन्नु पर्‍यो, नवलले भने । सुटिङका क्रममा सुरक्षाकर्मीका कारण थुप्रै व्यवधान ब्यहोर्नु परेको भन्दै सुटिङका लागि सहजीकरण गर्न पनि माग गर्दै नवलले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याउने पहल गरिदिन गृहमन्त्री खाँणलाई आग्रह गरे । ‘हाम्रो सम्पूर्ण समस्याको समाधान राष्ट्रिय चलचित्र नीतिमा छ । त्यसैले त्यसलाई कार्यन्वयनमा ल्याउन आवश्यक छ’ नवलले भने । 

उनले सुरक्षाकर्मी , हातहतियारको छायांकन गर्दा भोग्ने समस्याका कारण निर्देशकले चाहेको दृश्य फिल्ममा देखाउन कठिनाई समेत भएको बताए । नवलकै कुरामा सहमत सुनिए निर्देशक मिलन चाम्स । उनले आफ्नो पछिल्लो फिल्म ‘गोर्खा वारियर २’ छायांकनको लागि हात हतियार चाहिदा भोग्नु परेको समस्यालाई बताए । ‘काठकै नपड्किने बन्दुक बनाउदा पनि त्यसलाई सेटसम्म ल्याउँदा कहि कतै फसिने होकी भन्ने डर हुन्छ’ निर्देशक चाम्सले भने । उनले यसलाई गृहमन्त्रालयले नै कार्यविधि बनाएर सहजीकरण गरिदिन आग्रह गरे । 

यस्तै उनले फिल्म अनुदानको प्रसँग समेत जोडे । उनले स्कटल्याण्डको एक पुल फिल्म ह्यारी पोर्टरका कारण पर्यटकीय स्थल बनेको प्रसँग सुनाए । ‘म सानो उमेरमै बेलायत गएको हुँ । त्यो पुलमा पर्यटकको चाप फिल्ममा देखिएपछि बढ्न थाल्यो । अहिले शुल्क तिरेर मात्र पुल हेर्न पाइन्छ’ निर्देशक चाम्सले भने । उनले बेलायत सरकार , सिक्किम सरकारले फिल्म छायांकन गरेवापत दिइरहेको अनुदानको बारेमा जानकारी गराउदै स्विजरल्याण्ड पनि अनुदानकै कारण फिल्म मार्फत पर्यटकीय स्थल बनेकोमा जोड दिए । 

‘विदेश प्रतिको आकर्षण आज फिल्मले गर्दा बढेको छ । नेपालमै पनि मनाङ , मुस्ताङ्ग , रारा लगायतका स्थानमा आन्तरिक पर्यटन बढ्नुको कारण फिल्म नै हो । त्यसमा पनि राज्यले सोच्नु पर्‍यो’ निर्देशक चाम्सले भने । उनले राज्यले फिल्मकर्मीलाई साथ् मात्र दिएपनि हौसला बढ्ने बताए । उपस्थित अभिनेता अनमोल केसी, हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर , गायिका राधिका हमाल लगायतले पनि कला क्षेत्रसँग जोडिएको समस्याको बारेमा बोलेका थिए । 

भेटमा गृहमन्त्री खाँणले फिल्मसँग सम्बन्धित सबै संघ संस्थासँग बसेर बृहत् छलफल गरी आवश्यक निर्णय लिइने प्रतिबद्धता जनाए । फिल्म छायांकनका लागि हातहतियार लगायतका उपकरण प्रयोगसम्बन्धी सामग्री केन्द्रीत कार्यविधिको मस्यौदा बनाउन पनि मन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिएका थिए । 

जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाँणले बताए । कलाकारहरूका समस्या सुन्न गृह मन्त्रालयमा बोलाएकोमा कलाकर्मीहरूले गृहमन्त्रीलाई धन्यवादसमेत दिएका थिए।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन