लोसपाले गर्‍यो काठमाडौँको मेयरको उम्मेदवारका लागि नाम सिफारिस | Khabarhub Khabarhub

लोसपाले गर्‍यो काठमाडौँको मेयरको उम्मेदवारका लागि नाम सिफारिस


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिँदै गर्दा दलहरुले आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।

यसैक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका अन्तर्गतको ७, ११, १३, २०, २१ र ३१ सँगै बुढानीलकण्ठ नगरपालिका अन्तर्गत ८ र ११ तथा चन्द्रागिरि नगरपालिका अन्तर्गत १५ नम्बर वडाको पनि वडा अध्यक्ष नाम सिफारिस गरिएको छ ।

यस्तै ,चौरी देउराली गाउँपालिका अन्तर्गत वडा नम्बर ८ मा पनि वडा अध्यक्ष सहित सदस्यहरूको समेत नामावली सिफारिस गरिएको छ । सिफारिस गरिएका नामहरुबाट छिटै नै टिकेट दिएर उम्मेदवारी घोषणा हुनेछ’ प्रदेश अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म