युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै | Khabarhub Khabarhub

युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् ।

‘यसको सही प्रयोग गर्नका लागि राम्रो तालिम लिनु बुद्धिमानी हुन्छ ।’ ती प्रवक्ताले भने, ‘हामी यो युद्ध अझ नचर्कियोस भन्नेमा सतर्क छौँ तर अहिले पुटिनको सत्ताका कदमहरू यसलाई अझ चर्काउने किसिमका छन् ।’

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता बेलायतले युक्रेनलाई सहयोग गर्ने तत्परता देखाउँदै आएको रोयटर्सले जनाएको छ । बेलायतले केही समयअघि युक्रेनी फौजलाई ‘मस्टिफ’ सहितका १२० बख्तरबन्द गस्ती सवारी प्रदान गरेको थियो ।

यसबाहेक बेलायतले युक्रेनलाई ट्यांक भेदी, युद्धपोत भेदी र लडाकु विमान भेदी क्षेप्यास्त्र प्रणाली पनि सहयोग गरेको छ ।

युक्रेन सरकारका प्रतिनिधिमण्डलले केही समयअघि बेलायतको सलिसबरीको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा प्रतिनिधिमण्डललाई सैनिक सामग्री देखाइएको थियो भने युक्रेनलाई अझ बढी सहायता कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।

बेलायतले सन् २०१४ मा रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुलुकमा गाभेयता युक्रेनी फौजलाई तालिम दिँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ५३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका