फिल्म साउथ एसियामा छानियो 'उर्मि' | Khabarhub Khabarhub

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ ।

फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिइरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं  खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् ।

तीन दशकदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई निर्देशक प्रयण लिम्बुले फिल्ममा उतारेका हुन् । रविन गिरीको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्ममा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तर कुमार राईलाई प्रस्तुत गरिएको छ ।

दीपक बज्राचार्यको छायांकन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे, डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजीत सुब्बा, जगत अम्बु गुरुङ र स्व.किसन राईले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ४९ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा