डिसेम्बरमा जन्मिएको बच्चा जनवरीमै दुई वर्ष « Khabarhub

डिसेम्बरमा जन्मिएको बच्चा जनवरीमै दुई वर्ष


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

यदि तपाईँ कति वर्षको हुनु भयो भन्ने प्रश्न कसैले सोध्यो भने यो प्रश्न सामान्य हो । तर, यही प्रश्न दक्षिण कोरियाका कसैलाई सोधेमा यो आश्चर्यमय लाग्न सक्छ । नाजवाफ भएर घोरिएर, केही समय लिएपछि मात्र आफ्नो उमेर भन्न सक्ने अवस्थामा धेरै कोरियाली छन् ।

कोरियाको आश्चर्यको चलन के छ भने मानिस जन्मनेबित्तिकै एक वर्षको गणना हुन्छ । नयाँ वर्षको सुरुवातमा अर्को एक वर्ष थप हुन्छ । मानौँ कुनै बच्चा डिसेम्बर महिनामा जन्मियो भने ऊ त्यसै दिन एक वर्षको गणना हुनेछ । जनवरीमा नयाँ वर्ष सुरु हुने बित्तिकै अर्को एक वर्ष थप गणना भएर दुई वर्षको हुनेछ ।

अब भने यो वर्षको गणना शैलीमा परिवर्तन हुने भएको छ । हालै राष्ट्रपतिमा निर्वाचित योन सुक योलले शताब्दीयौं पुरानो यो शैलीलाई परिवर्तन गर्दैछन् । यसलाई परिवर्तन गर्ने कमिटीकी प्रमुख ली योंग हो अब तयार पारिने उमेर गणनाको शैलीले दक्षिण कोरियालाई संसारकै बाँकी देशसँग सामञ्जस्य ल्याउनेछ । उनले यस शैलीका कारण धेरै अन्यौलता रहेको तथा खर्चालु भएकाले यसलाई परिवर्तन गर्न लागिएको बताएका छन् ।

दक्षिण कोरियामा मानिसको उमेर गणना गर्ने तीन शैली छन् । औपचारिक रूपमा अन्तर्राष्ट्रिय शैली र प्रचलन नै छ । व्यक्तिगत जन्मको आधारमा उमेर गणनाको यो प्रचलन सन् १९६२ बाट दक्षिण कोरियामा सुरु भएको हो ।

दक्षिण कोरियामा उमेरको गणना गर्ने अर्को शैली पनि छ । यो शैली अनुसार बच्चा जन्मेको वर्ष पछिको पहिलो जनवरी महिनामा एक वर्षको हुनेछ । कुनै महिनाको डिसेम्बरमा जन्मिएको बच्चा एक महिना नहुँदै एक वर्षको गणना हुनेछ । प्रत्येक वर्ष १ जनवरीमा उसको उमेर बढ्दै जान्छ ।

निश्चित प्रतिशतका व्यक्तिको उमेरको गणना गर्दा यो शैली प्रयोग हुन्छ । यो शैली पनि निश्चित स्थानमा मात्र लागु भएको छ । सैन्य सेवामा प्रवेश गर्दा पनि यसै आधारमा उमेरको गणना हुन्छ ।

अर्को भनेको कोरियाली उमेर गणना शैली हो । कोरियामा प्राय प्रयोग हुने गरेको यो नै संसारलाई अचम्म लाग्ने शैली हो ।

मेगाके पप ब्यान्डका किम ताय ह्योंग ३० डिसेम्बर १९९५ मा जन्मिएका हुन् । कोरियाली उमेर गणना शैलीका अनुसार उनी अहिले २८ वर्षका भइसकेका छन् । अन्तर्राष्ट्रिय शैली अनुसार उनी अहिले २६ वर्षका भए । आधिकारिक कोरियाली उमेरको गणना अनुसार उनी २७ वर्षका भए । अहिले उमेर गणनाको यो समस्यालाई कोरियामा गम्भीरतापूर्वक लिन थालिएको छ ।

उनी ‘ इन्टरनेसनल एज ’ अनुसार २६, ‘एयर एजमा ’मा २७ तथा ‘काउन्टिङ एज’ अनुसार २८ वर्षका भए ।

‘दक्षिण कोरियामा कुनै व्यक्ति अर्को व्यक्तिको तुलनामा जेठो या कान्छो छुट्टाउन धेरै कठिन हुन्छ । सामाजिक काममा यी सबै कुराको जरुरी हुन्छ । यसले एउटा ठूलो समस्या नै निम्तिएको छ,’ कोरिया विश्वविद्यालयमा कोरियाली साहित्यका प्राध्यापक सिन जी योंगले भनेका छन् ।

कोरियाली उमेर गणना शैलीको उद्गम स्थल चीन हो । यो एसियाका धेरै देशमा प्रचलित थियो । यो शैली अन्य देशमा हट्दै गए पनि दक्षिण कोरियाले अझै अपनाएको छ ।

कसैले गर्भको समय पनि गणना गर्नुपर्ने भएकाले जन्मिएको मितिलाई एक वर्षको भन्ने तर्क गरेका छन् ।

‘ग्लोबलाइजेसनका कारण केही अभिभावक यो अन्तर्राष्ट्रिय उमेर शैलीमा सचेत छन् । कोरियालीहरू पुरानो शैलीमा कठोरतापूर्वक अभ्यास गराइएका हुन्,’ हान्सङ विश्वविद्यालयका प्राध्यापक किम युन जुले भने ।

यो अति पुरातनवादी मात्र नभई राजनीतिक कारणले पनि यसले दक्षिण कोरियाका हरेक गतिविधिलाई असर गरेको छ ।

कोरियामा केही अभिभावकले आफ्नो बच्चाको जन्म नै ढाँट्ने गरेका छन् । डिसेम्बर महिनामा जन्मिएको बच्चाका लागि विद्यालय भर्नादेखि हरेक स्थानमा अप्ठेरो हुने गरेको छ । यसको असर जीवनका अन्य मोडमा पनि पर्ने गरेको छ ।

कोरोना महामारीको समयमा पनि कोरियालीहरूको उमेर निश्चित मापदण्ड अनुसार नै हुनुपर्ने आवाज उठेको थियो । स्वास्थ्य अधिकारीले अन्तर्राष्ट्रिय मापदण्ड तयार पारेका थिए । कोरियालीले नै भने त्यहाँ भ्याक्सिन लगाउनेदेखि अन्य यावत विषयमा कोष्ठमा कोरियाली उमेर पनि राखेका थिए । यसैले स्वास्थ्य क्षेत्रमा धेरै अन्योल पैदा गरेको थियो ।

लीले भने कोरियाली उमेर शैलीको कारण अनावश्यक आर्थिक तथा सामाजिक भार परेको बताएका छन् । अदालती प्रक्रियामा यसले अझ झन्झट ल्याएको छ । साथमा कर्मचारीको पेन्सन तथा अवकाशको निर्णयमा पनि यसले धेरै असहज परिस्थिति निम्त्याउने गरेका थुप्रै उदाहरण छन् ।

दक्षिण कोरियाली अधिकारी उमेर गणनको यो मुद्दालाई उठाएको पहिलो पटक होइन । सन् २०१९ र २०२१ मा कोरियाली संसद्मा यसै किसिमका दुई प्रस्ताव राखिएका थिए । ती दुवै प्रस्ताव पारित भएनन् । प्रशासनिक रूपमा अन्तर्राष्ट्रिय उमेर गणना शैली मात्र उपयुक्त रूपमा ठहरिए पनि कोरियाको सामाजिक परिस्थिति अनुसार त्यो असहज हुने धेरैको मत थियो ।

डान्कक विश्वविद्यालयमा ओरियन्टल स्टडिज रिसर्च सेन्टरमा काम गरिरहेका जाङ योसँग कोरियाली उमेर परम्पराको प्रतीक ठान्छन्, ‘हाम्रो समाज परम्परा त्याग्न चाहँदैन । तर हामीलाई कतै मोनाटोनस भएको त होइन भन्ने भान भइरहेको छ ।’ एउटा के कुरा चाहिँ प्रस्ट भने यदि कोरियामा अन्तर्राष्ट्रिय उमेर लागु भए पनि कोरियाली उमेर पूर्ण रूपमा हट्ने वाला चाहिँ छैन ।

कोरियामा चलेको यो चलनका आफ्नै खालका तर्क छन् । कसैले गर्भको समय पनि गणना गर्नुपर्ने भएकाले जन्मिएको मितिलाई एक वर्षको भन्ने तर्क गरेका छन् । नौ महिनालाई राउन्ड ओभरमा एक वर्ष गरिएको उनीहरूको तर्क छ ।

वर्षको अन्तिम महिनामा जन्मनेहरू त जन्मेको केही दिनमा नै दुई वर्षका हुने गरेका छन् ।

अर्को तर्क कोरियाको परापूर्व कालको नम्बरिङ सिस्टमलाई आधार मानिएको जनाइएको छ । कोरियाको त्यो सिस्टममा शून्य अङ्क नै हुँदैन ।
जनवरीमा अर्को एक वर्ष थप्नुको अर्थ भने अझै आश्चर्यलाग्दो छ । धेरै इतिहास बेताले चीनको ६० वर्षे क्यालेन्डर साइकललाई आधार मानेर यो गरिएको तर्क बताएका छन् ।

अर्कोतर्फ के भने क्यालेन्डर तयार हुनुभन्दा अघि नै मान्छेको जन्मको गणना भएको थियो । यस कारण एक वर्षलाई त्यसमा थप्दा सहज भएको हो । यो प्रचलन क्यालेन्डरको विकास भएपछि पनि नहटेको अनुमान गरिएको छ ।

धेरै अन्योल रहेकै कारण सन् २०१९ को संसद्मा यो प्रस्तुत भएको थियो । अहिलेको विश्वव्यापी युगमा प्रवेश गरिसकेको समयमा एसियाको चौथो अर्थतन्त्र भएको देश यसै परम्परागत उमेर गणना शैली पनि प्रगतिको बाधक हुन सक्ने अनुमान गरिएको थियो ।

‘दैनिक प्रयोग हुने उमेर र कानूनी उमेरका बीचमा भिन्नता भएकाले धेरै समस्या भएको हो,’ संसद्मा काउन्टिङ एज हटाएर पूर्ण रूपमा इन्टरनेसनल एज ल्याउन प्रस्ताव गरेका ह्वाग जंग होले त्यसै समयमा भनेका थिए ।

इन्टरनेसनल एज अदालत, अस्पताल र सामुदायिक कार्यालयमा प्रयोग हुन्छ । दैनिक काम भने काउन्टिङ एजनै प्रयोग हुने गरेको छ । जापान १९९० बाट पूर्ण रूपमा इन्टरनेसनल एजको युगमा प्रवेश गरेको थियो । उत्तर कोरिया पनि सन् १९८५ बाट इन्टरनेसनल एजको युगमा प्रवेश गरेको थियो ।

यसले दक्षिण कोरियामा अर्को गम्भीर समस्या उत्पन्न गराएको छ । वर्षको अन्तिम महिनामा जन्मनेहरू त जन्मेको केही दिनमा नै दुई वर्षका हुने गरेका छन् । यसले पछिसम्म अप्ठेरो अवस्था सिर्जना हुने भएकाले अभिभावकले वर्षको सुरुवातमा बच्चा जन्माउने योजना गर्न थालेका छन् ।

यो समस्या हटाएर अहिले परम्परा जोगाउनका लागि पश्चिमी संस्कृतिको लुनार क्यालेन्डरको आवाज पनि उठ्न थालेको छ । लुनार क्यालेन्डर परापूर्व कालमा पूर्वी एसियामा अत्यधिक प्रचलित थियो ।

– एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ४० बजे

कोहेलपुर–सुर्खेत सडक खण्डमा राति दुई पाङ्गग्रे सवारी बन्द

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा

निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सम्पन्न छौँ : निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा

‘कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बन्छ’

चुनावको मिति घोषणा भएसँगै दलहरूले आफ्नो हैसियत बलियो बनाउन प्रयास

प्रेस सेनानी पत्रकार पोखरेलको निधन

बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। बुटवलबाट

आज तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका