‘घाँटी दुख्दा जथाभावी औषधि खानु हुँदैन’ | Khabarhub Khabarhub

‘घाँटी दुख्दा जथाभावी औषधि खानु हुँदैन’



पछिल्लो समय संक्रामक रोगसँगै विभिन्न सरुवा रोग बढेका छन्। साथसाथै कोभिड संक्रमण पनि बढ्दो छ। यस्तो अवस्थामा अरु रोगसँगै कोभिडको जोखिम बढ्दो छ। कोभिडको जोखिम बढेका बेला आम नागरिकलाई फेरि महामारीपछिको लहरबाट जोगिनुपर्ने बाध्यता छ। घाँटी दुख्ने समस्या कोभिड नभई अरु कारणले पनि हुन्छ। जुन छुट्याउन गाह्रो छ। यसै विषयमा खबरहबका लागि डा. दिपेन्द्र गौतमसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय घाँटीमा कस्ता–कस्ता समस्या धेरै देखा परेका छन् ?
अहिले कसैलाई ज्वरो आएको छ। कसैलाई ज्वरो नआई घाँटी दुख्ने, खसखसाउने खोकी लाग्ने, टन्सिल जस्ता समस्या देखिएका छन्।

घाँटीमा अरु समस्या नभई धेरै खसखसाउने किन हुन्छ ?
कसैलाई रुघाखोकी लाग्नु भन्दा अगाडि कानको भित्रि भाग चिलाउने, नाकदेखि पछाडिको भाग हुँदै घाँटी चिलाउने हुन्छ। यो एउटा इन्फेक्सन हुनु भन्दा अगाडिको अवस्था हो। दोश्रो भनेको धुलो धुवाँले पनि हुनसक्छ। कसैकसैलाई एसिड खानपान आदि इत्यादिका कारणले जुन इरिटेसन गराउछ घाँटीमा, नाकको पछाडीको भागमा त्यसलाई नै हामी चिलाउने खसखसाउने भन्छौँ।

धुलो र धुवाँले पनि भूमिका खेल्छ ?
बाहिर हाम्रो वातावरणमा भएको जुन धुलो। धुवाँ हुन्छ त्यसलाई सजिलो भाषामा एलर्जी भनिन्छ। तर, मेडिकल भाषामा हाइपर सेन्सेटिभिटी भन्छौँ। यसले पहिलो पटकमा सामान्य याक्सन देखाउछ द्रोश्रो तेश्रो गर्दै इरिटेसन गरेर घाँटीमा र नाक र स्वास नलिको न्युकोसलाई असर गर्दछ। धेरैलाई घाँटीको इन्फेक्सन कसैलाई ग्यासको कारणले एसिड रिफ्लक्स भएर नाकको पछाडिको भागमा पोल्ने समस्या आउछ।

पेटमा समस्या छ भने पनि यो समस्या आउने हो ?
पेटमा समस्या, खानपानमा समस्या छ। मोटो पना, चिन्तन, खाना नलीको तल्लो पट्टीको भागमा एउटा रोक्ने इस्पिन्चर हुन्छ, त्यो खुल्न जान्छ र राति सुतेको बेलामा एसिडमाथि तिर आउँछ र दिन प्रतिदिन घाँटी कान र नाकमा असर गर्दछ।

यो समस्या कस्तो उमेर समूहमा धेरै देखा पर्दछ ?
धेरै जसो बच्चा र ग्रोइङ बच्चामा श्वास नली सानो हुन्छ। अनि असर पनि गर्दछ। त्यसैगरी समय अनुसार अलि एजेन्टलाई अलि कम अलि वृद्धअवस्थालाई अझ बढी र धेरै धुम्रपान सेवन गर्ने मान्छेमा र छातिमा पहिला नै समस्या भएकाहरुमा धेरै हुन्छ।

बेलैमा उपचार भएन भने पछाडि कस्तो जोखिम हुनसक्छ ?
नाककोे समस्या राइनाइटिस भयो। घाँटीको समस्या फेरङ्गाइटिस भयो। एलर्जिक फेरङ्गाइटिस एलर्जिक राइनाइटिस, ब्रोम क्राइटिक्स, निमोनिया, दम र लास्टमा फोक्सो नै कडा हुँदै जान्छ। त्यसलाई रोक्न धुलोबाट नै बच्नु निकै आवश्यक छ।

धेरैजनाले सामान्य अवस्था हो भनेर मेडिकलमा गएर औषधि किनेर खानु हुन्छ। यो कत्तिको उपयुक्त छ ?
धुलो र धुवाँको कारणले हुने रोग भनेको दीर्घ रोग हो। जबसम्म हाम्रो वातावरणमा धुलो धुवाँ हुन्छ, त्यसलाई प्रोटेक्सन गर्ने वा त्यसको मात्रा घटाउने वा त्यसबाट बच्ने उपाय अपनाइदैन। तबसम्म दुई वटा खाने चक्कीले राम्रो गर्दैन। दुई चार दिन खाँदा राम्रो होला अन्तत त्यो समाधान हैन। त्यो के कारणले पत्ता लगाएर नै खानु राम्रो हो। कहिलेकाँही एलर्जिक राइनाइटिस भन्छौँ। हामीलाई हाछ्युहाछ्यु आउने रुघा लागेजस्तो हुने कहिले निको नहुने हुन्छ। हुँदाहुँदा दुई तीननदेखि चार महिनापछि नाक भित्र एैजेरु पलाउन सक्छ। त्यसले गर्दा दुई वटै नाक बन्द हुने र पछि अप्रेसन गरेर त्यसलाई फाल्न पर्ने हुन्छ। क्षणिक लिने औषधि पसलले जताभावी दिइराखेको हुन्छ। त्यसले शरीरको अरु सिस्टममा जस्तो, डाइबेटिजाई असर गर्ने, प्रेसरलाई असर गर्ने बढ्न सक्ने, डाइबेटिज निर्माण हुन सक्ने शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने हुन्छ, त्यसैले जताभावी औषधि खानु राम्रो हुँदैन।

कस्तो लक्षण सामान्य र कस्तो जटिल हो त ?
भर्खरै सुरु भएको छ, खसखसाको छ। साधारण औषधिमा नै कन्ट्रोल छ भने त्यसलाई सामान्य मान्न सकिन्छ। दुबै नाक बन्द हुुन थाल्छ, नाक बन्द भएर पनि बाक्लो पहेलो सिगान आउन सक्छ। अथवा टाउको दुख्ने, आँखाको मित्रीभाग दुख्ने, श्वास फेर्ने गाहो हुने हुनसक्छ। लगातार दुई भन्दा धेरै हप्ता खोकी लाग्ने खोकी लागि रहने अनि खकार बाक्लो पहेलो अथवा फोहोर मिसिएको कालो आउँछ भने त्यो अवस्था जटिल छ। त्यो अवस्था चिकित्सकलाई देखाएर के भएको हो भनेर जाँच गर्नुपर्दछ।

समस्या लिएर अस्पताल गएपछि कसरी उपचार गरिन्छ ?
पहिला खतरा आस्था छ कि छैन भनेर नाकभित्र इन्डोस्कोपमार्फत् हेरिन्छ। पिनास ऐजेरु भएको छ कि छैन भनेर हेछौँ। कुन एलर्जी हो भनेर हेर्छौँ। अनि सबै जाँच भएपछि मात्र उपचार गर्छौ।

यो समस्या उपचार पश्चात पनि नदोहोरीयोस भन्नका लागि के कुरामा ध्यान दिने ?
डस्टको कारणले इरिटेसन गरेर फोक्सोमा, घाँटीमा नाकमा गर्दछ, शरीरको प्रतिरक्षा प्रणाली एक्टिभ गराउछ अनि थोरै डस्ट भयो कि गाहो हुन्छ। त्यसलाई दीर्घकालीन रुपमा डस्ट घटाउने, प्रदुषण घटाउने गर्नु पर्दछ। यदि उपचार नै गर्नुपर्ने हो भने र एर्लजी नै हो भने मसिनो किराहरु हुन्छन्। त्यसलाई औषधि गरेर १÷२ वर्ष लगाएर उपचार गर्न सक्छौँ। तर, यदि नाकमा औजेरु नै पलाई सकेको छ भने त्यसलाई सर्जरी गरेर हटाइन्छ, र फोक्सोलाई धुलोले ड्यामेज भएको बेला उपचार त छन् तर धेरै जटिल छन्।

यसबाट बच्न के गर्ने ?
विशेष गरेर बिहान बेलुका डस्ट वातावरणमा धेरै हुन्छ। त्यो बेला धेरै बाहिर ननिस्किने, माक्सको प्रयोग गर्ने, रोग लाग्ने बितिकै उपचार गर्ने।पछाडिको उपचार धेरै प्रभावकारी पनि हुँदैन त्यसैले बेलैमा ध्यान दिने गर्नुपर्छ।

कस्तो प्रकारको मास्क लगाउने ?
धेरै कम्पनीले मास्क बनाउँछन्। त्यसैले सबै प्रभावकारी हुन्छ भन्ने छैन। तर, दुई तीन लेयर भएका जुन पनि मास्क लगाउँदा हुन्छ। त्यसमा पनि नाक मुख छोपेर लगाउनु पर्दछ। कुन अवस्थामा छ भनेर बिनाकारण औषधि खानु भन्दा पनि चेकजाँच गरेर खानु राम्रो हुन्छ। लामो समयसम्म औषधि खानु पनि राम्रो हुँदैन। त्यसैले बिहान बेलुका तातो पानीले कुल्ला गर्ने, जसले गर्दा इन्फेक्सन कम हुन्छ। अहिले प्रत्येक सरकारी अस्पतालमा पनि नाक कान घाँटीको उपचार हुन्छ। त्यसैले समयमा नै उपचार गर्दा राम्रो हुन्छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ७ : ०२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका