समस्यामा परेकालाई न्याय दिनु राज्यको कानुनी दायित्व हो : कांग्रेस नेता महर | Khabarhub Khabarhub

समस्यामा परेकालाई न्याय दिनु राज्यको कानुनी दायित्व हो : कांग्रेस नेता महर


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुन अनुसार कारबाहीको भागेदार हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् ।

 राजधानी काठमाडौंमा शनिबार आयजित एक कार्यक्रममा बोल्दै नेता महरले न्याय पाउनका लागि पीडित छटपटाउनु कानुनी राज्यको उपहास हुने बताए । सौन्दर्य प्रतियोगिताका आयोजकले एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएपछि महरको उक्त धारणा आएको हो । समस्यामा परेकालाई न्याय दिनु राज्यको पहिलो दायित्व र धर्म भएको उनले बताए ।

‘अहिले संसद् चलिरहेको छ । यस्ता घटनाप्रति संसद्को पनि ध्यानाकृष्ट गराउन चाहन्छु । यो समाजमा जतिबेला जोसुकैको जीवनमा पनि घट्ने घटना भएकाले सबै सजग हुनुपर्छ,’ उनी भन्छन् । ‘कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ । दोषी उम्किन पाउनु हुँदैन । यी किशोरीले यति लामोसमयसम्म मुख खोल्न किन सकिनन् । उनलाई दिइएको दवाव र धम्कीको पनि अनुसन्धान हुनुपर्छ,’ महरले भने । कानुनी कारबाही नभए अपराधीमा थप दम्भ बढ्ने उनी बताउँछन् ।

‘अपराधिलाई कारबाही भएन भने उसको आत्मबल थप बढ्छ । र, उसले आफ्नो अपराध लीलालाई बढाउँदै लग्छ। त्यसैले अपराधीमाथि चाँडो कारबाही गर्न म सरकारसँग माग गर्छु,’ उनी भन्छन् । महिलालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार कानुनले सुनिश्चित गरेको महरको भनाइ छ । यतिबेला बलात्कारविरुद्ध माग राख्दै माइतीघर मण्डला र बालुवाटारमा स्वतःस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६