‘स्क्विड गेम’ एक्टरसँग सुरक्षाको सेल्फी | Khabarhub Khabarhub

‘स्क्विड गेम’ एक्टरसँग सुरक्षाको सेल्फी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कान्सको रेड कार्पेटमा हिँडे यता अभिनेत्री सुरक्षा पन्तको चर्चा बढ्दो छ । 

यिनै सुरक्षा विश्व प्रसिद्ध फेस्टिभलमा आफ्ना प्रिय कलाकारसँग भेटघाट समेत गरिरहेकी छिन् । ‘फ्यान मोमेन्ट’ सेयर गरिरहेकी सुरक्षाले कोरियाका ग्लोबल स्टार लि जुङ जाइसँगको फोटो राख्दै कान्समा एसियाको उपस्थितिलाई माया दर्शाएकी छिन् ।

लि जुङ जाइ कोरियन सिरिज ‘स्क्विड गेम’ का मुख्य कलाकार हुन् ।९० वटा देशमा सबैभन्दा बढी हेरिने रेकर्ड बनाएको कोरियाली यो सिरिजले नेपालमा पनि उस्तै लोकप्रियता पाएको थियो । 

सिरिज रिलिज भएपछि यसलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न बहस भएका थिए । उनी यसपटक आफ्नो निर्देशकीय डेब्यु फिल्म लिएर कान्स पुगेका हुन् । सोही अवसरमा सुरक्षाले सेल्फी लिएकी छिन् । ४९ वर्षीय लि जुङले निर्देशन गरेको स्पाइ थ्रिलर ‘हन्ट’ कान्समा छानिएपछि लि जुङले निर्देशकको रुपमा कान्समा छन् । 

उनको यो फिल्म कान्सको मिडनाइट सेक्सनमा प्रतिस्पर्धी रहेको छ । यस्तै, सुरक्षा बेल्जियन फिल्म ‘दि एइट माउन्टेन्स’ को कलाकारको रुपमा कान्स पुगेकी हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : १० बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा