चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काद्वारा देशमा गम्भीर खाद्यान्न अभाव हुने चेतावनी | Khabarhub Khabarhub

चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काद्वारा देशमा गम्भीर खाद्यान्न अभाव हुने चेतावनी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । मुलुकमा जारी आर्थिक सङ्कट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा यसको व्यवस्थापनका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा रहेको श्रीलङ्काले यस्तो चेतावनी दिएको हो ।

खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने बाचा गरेका छन् ।

गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निर्णयले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन ।

यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुनसक्ने भएपनि आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन् ।

‘परिस्थितिको गम्भीर्यतालाई स्वीकार गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

श्रीलङ्काले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन् ।

‘दुई महिनामा के हुन्छ म भविष्यवाणी गर्न सक्दिनँ’ श्रीलङ्कालीहरूको भविष्य अनिश्चित बनेको पीडा पोख्दै उनी भन्छिन् ।

सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ । ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ ।

ग्यास सिलिण्डरको पसलमा पाँचसय जना लामबद्ध भए पनि करिब त्यहाँ करिब दुईसय सिलिन्डर छन् । पाँचजनाको परिवारको भरणपोषण गर्दै आएका मोहम्मद साजली तीन दिनदेखि ग्यास पाइने आशामा लाममा बसेका छन् ।

आंशिक रुपमा सवारी साधन चलाएर अर्थोपार्जन गर्ने उनलाई घरव्यवहार चलाउन धौधौ भएको छ । उनी भन्छन् –बिना ग्यास, मट्टितेल हामी केही गर्न सक्दैनौँ । अन्तिम विकल्प खानाबिना मर्ने हो ।

केन्द्रीय बैंकका गभर्नरले भने विश्व बैंकसँग ऋण लिएर इन्धन र खाना पकाउने ग्यास ढुवानीका लागि भुक्तानीको व्यवस्था गरिएको बताए पनि आपूर्ति सहज हुन सकेको छैन ।

आगामी दुई महिनामा मुद्रास्फीति थप बढेर ४० प्रतिशत सम्म पुग्न सक्ने बताउँदै उनले ठूलो मात्रामा आपूर्तिको दबाबले तत्काल समस्या समाधानका सङ्केत नदेखिएका जनाएका छन् ।

यो महिना खाद्यान्नको मूल्य ४६ दशमलक ६ प्रतिशतले बढेर मुद्रास्फीति २९ दशमलब ८ प्रतिशत पुगेको छ । सरकार विरुद्ध आक्रोश फैलिएपछि बिहीबार कोलम्बोमा सयौँ विद्यार्थी प्रदर्शनकारीलाई पछाडि धकेल्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई राजीनामा गर्न माग गरिरहेका छन् । गत हप्ता प्रधानमन्त्री पदबाट राजीनामा दिएका राष्ट्रपति राजापाक्षका भाइ महिन्दाको सरकारले पर्यटनमा आधारित अर्थतन्त्र, तेलको मूल्यमा भएको वृद्धि र लोकतान्त्रिक कर कटौतीका कारण कोभिड–१९ महामारीले देशमा आर्थिक सङ्कट उत्पन्न भएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।

सात आर्थिक शक्तिहरूको समूह जी ७ ले श्रीलङ्काको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिक नियाली रहेको र आगामी मङ्गलबार कोलम्बोलाई ऋण उपलव्ध गराउनेसम्बन्धी वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको बताएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ३ : ०५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले