बरहथवा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै  | Khabarhub Khabarhub

बरहथवा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।

वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।अहिले वडा नम्बर ५ र १३ को गणना अन्तिम भइरहेको छ ।

हालसम्मको मतगणनाअनुसार बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालको अग्रता कायमै छ । उनले ७ हजार ३ सय ८५ मत प्राप्त गर्दा  नेपाली कांग्रेसका विगुप्रसाद चौधरीलाई ३ हजार ८ सय ५४, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ४ हजार ३ सय ४४, जसपाका जय प्रकाश रायलाई  हजार १ सय ९ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ६ हजार ३ सय ३३, नेपाली कांग्रेसकी गंगा दाहाललाई ४ हजार ३ सय ६३, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ४ हजार २ सय ८२, जसपाका मिरा सिंह कोइरीलाई २ हजार ४ सय ४० मत र लोसपाकी प्रेम शिला सिंहलाई १ हजार ३ सय ७१ मत  प्राप्त भएको छ ।

बरहथवा नगरपालिकाका वडाको सार्वजनिक नतिजा
वडा नम्बर १ मा लोसपाका राकेश सहनी -१ हजार २ सय ३२ मत
वडा नम्बर २ मा चेत बहादुर राउत -८ सय १५
वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो -७ सय ६२ मत
वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह -३ सय ४ मत
वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम -५ सय ९६ मत
वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव -३ सय २७ मत
वडा नम्बर १७ मा जसपाका राम विश्वास राय -७ सय ५१ मत
वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो -८ सय ६०
वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी -६ सय ९५ मत
वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव -३ सय ६८ मत

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : २० बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,