रियल मड्रिड बराबरीमा रोकियो | Khabarhub Khabarhub

रियल मड्रिड बराबरीमा रोकियो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ ।

कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो ।

कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्‍याउन सकेनन् । गेराथ बेल जसले रियल मड्रिड छोड्ने तयारी गरेका छन् । उनी खेलमा सहभागी भएनन् ।

खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो । यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन्। रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : १५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न