फिल्ममा आउने स्मृतिको चाहना (फोटो फिचर) | Khabarhub Khabarhub

फिल्ममा आउने स्मृतिको चाहना (फोटो फिचर)


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी स्मृति श्रेष्ठले म्युजिक भिडियोमा काम गरिरहेकी छिन् ।

तीन दर्जनको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी ललितपुरको इमाडोलकी बासिन्दा हुन् । बाल्यकाल देखि नै नृत्यमा रुचि राख्ने स्मृतिले गरेका भिडियोहरूले नै उनलाई रजतपटमा परिचय दिएको हो ।

यद्यपि जुन शैलीमा यो क्षेत्रमा उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न भने सकेकी छैनन् । केही समयदेखि रंगीन दुनियाँमा रमाउँदै गरेकी यी मोडलले फोटोसुट भने प्रशस्तै गरेको पाइन्छ ।

उनी अब आफ्नो करिअरलाई फरक ढंगले अगाडि बढाउन चाहन्छिन् ।  स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण स्मृति चाँडै नै यो क्षेत्रमा चम्किने सोच राख्छिन् ।

आफूमा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास भएको स्मृति फिल्ममा प्रवेश गर्ने यात्रामा छिन् । एक्सन र लभ स्टोरी देखाइने फिल्म रुचाउने स्मृतिले फिल्म तर्फको यात्रालाई कसरी अगाडि बढाउँछिन् ? त्यो भने हेर्न बाँकी छ । 

बाहिरी सुन्दरता झैँ अभिनयमा पनि सुन्दरता ल्याउन प्रयत्नशील स्मृतिले खबरहबका लागि फोटोसुट गराएकी छिन् ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १२ : ३७ बजे

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा