गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु | Khabarhub Khabarhub

गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी–८ का ४३ वर्षीय धुव्र कुमार चौधरी रहेका छन् ।

को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेका थिए ।

शवलाई पोष्टमार्टको लागी धरानको घोपा स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : १० बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु