आर्सनलले हरायो चेल्सीलाई | Khabarhub Khabarhub

आर्सनलले हरायो चेल्सीलाई


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४-२ अन्तरले पराजित गरेको छ ।

चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १-१ गोल गरे ।

चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए । जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ ।

बुधबार राति नै भएको अर्को खेलमा ब्राइटनलाई ३-० अन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका