इजरायल पुगेका नेपालीलाई स्वास्थ्य मन्त्रालय र नेपाली दूतावासद्वारा स्वागत | Khabarhub Khabarhub

इजरायल पुगेका नेपालीलाई स्वास्थ्य मन्त्रालय र नेपाली दूतावासद्वारा स्वागत



दोहा– रोजगारीका लागि ९९ नेपाली इजरायल पुगेका छन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र (विशेष गरी जेरियाट्रिक केन्द्रहरू) मा सहायक कामको लागि बिहीवार ९९ जना नेपाली इजरायल आइपुगेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनीहरुलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीआईवीए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।

यससँगै विगत एक दशकदेखि रोकिएको इजरायलको रोजगारी नेपालीहरुका लागि पुनः सुचारु भएको जनाउदै दूतावासले केही वर्ष अघिसम्म निजी क्षेत्रमार्फत रोजगारीका लागि नेपालीहरु ईजरायल आउने गरेकोमा कारणवश: उक्त प्रक्रिया रोकिएपछि सरकारी स्तर (जीटुजी ) बाट नेपाली कामदार इजरायल ल्याउने प्रक्रिया थालिएको थियो ।

उक्त प्रोजेक्ट सकिएपछि केही वर्षदेखि नेपालीहरु इजरायल आउन पाएका थिएनन् । दूतावासको निरन्तरको प्रयासपछि करीब १ वर्षअघि नेपाल र इजरायलबीच “इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर भएको थियो।

त्यसैगरी इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउने सम्बन्धी कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएपछि उक्त सम्झौता अनुसार पहिलो चरणका लागि छनौट गरिएका १ हजारभन्दा बढी नेपालीहरु इजरायल आउने क्रम सुरु भएको दूतावासले जनाएको छ ।

अन्यको सम्झौतामा हस्ताक्षर, कोरोना खोप, भिसा, पूर्व प्रस्थान अभिमुखीकरण लगायतका कामहरु भैरहेको र अर्को लट यही माघको तेश्रो सातासम्ममा आउनेछन् र क्रमिक रुपमा छनौट भएका सबै नेपालीहरु इजरायल आउने दूतावासले जनाएको छ ।

यस प्रक्रियालाई सार्थक तुल्याउन अहम् भूमिका खेल्नु हुने इजरायलका लागि नेपाली पूर्वराजदूत डा. अञ्जना शाक्य , नेपाल र इजरायलको परराष्ट्र तथा श्रम मन्त्रालय, काठमाडौंस्थित इजरायली दूतावास लगायत प्रत्यक्ष परोक्ष रुपमा सहयोग सबैलाई दूतावासले धन्यवाद दिएको छ ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करीब २ लाख रुपैयाँ पारिश्रमिक पाउने बताइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १ : १५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को