वैज्ञानिकदेखि खेलाडीसम्मले छोडे रुस | Khabarhub Khabarhub

वैज्ञानिकदेखि खेलाडीसम्मले छोडे रुस


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

६८ वर्षीय एनाटोली लाजारेभ हातमा एउटा ब्यान्ड लिएर उभिएका छन्। ‘यो इजरायलमा बनेको हो,’ उनले हाँस्दै भने। उनका लागि सुपुर्दगी भन्दा घरमै बन्दी भएर बस्नु धेरै गुणा ठिक पनि हुनसक्छ।

यो ह्रिस्टब्यान्डले एउटा सङ्केत गरेको छ। उनी यस सानो घरको केही किलोमिटर भन्दा पर कहिले पनि जाने छैनन्। त्यही बसेर उनले आफ्नी श्रीमतीका साथै दुई बच्चासँगै जीवन बिताउन्। उनीहरू पनि अहिले हंगेरीमा छन्।

लाजारेभ रुसी स्पेस कर्पोरेसन रसमसमा काम गर्थे। यसका भगिनी संस्थामा पनि उनी कार्यरत थिए। स्पुतनिक, प्रोटोन र अंगारा रकेटका लागि इन्धन प्रणालीका लागि उनले काम गर्थे। उनको सङ्कटको सुरुवात सन् २०१२ देखि भएको हो। त्यसै वर्ष पुटिनको पार्टीलाई १ मिलियन अमेरिकी डलर चन्दा दिनका लागि उनीसँग माग गरियो।

उक्त रकम दिन अस्वीकार गरेपछि उनको कम्पनीविरुद्ध शृङ्खलाबद्ध छानबिनको सुरुवात भएको थियो। योक्रम सुरुवाती दिनमा नागरिक तहबाट भएको थियो भने त्यसपछि सेनाको तहबाट भएको थियो। त्यहाँको एफएसबी अधिकारपछि केजेबीका गुप्तचरको निसानामा पनि उनी परेका थिए।

‘तिमीले किन त्यो पैसा तिरेनौ ?’ प्रहरी अधिकृतले उनलाई सोधेका थिए। उनले त्यो रकम नदिने अडान यथावतै राखेपछि उनलाई हतोत्साहित पार्ने र मानसिक यातना कामको सुरुवात भएको थियो। यसपछि उनी कार चढेर बेलारुस पुगेका थिए। उनले बठ्याइँ गरेर मस्कोबाट भियनाको विमान यात्रा नगरेका हुन्।

यसपछि उनले हंगेरीलाई नयाँ वासस्थानको रूपमा चयन गरेका हुन्। ‘एक पटक म मेरो साथीसँग स्पाका लागि त्यहाँ गएको थिएँ। युरोपेली युनियनको देश अन्य भन्दा सहज हुने ठानेर मैले यो निर्णय गरेको हुँ। आवश्यक परेको समयमा त्यस देशले नै मेरो सुरक्षा गर्छ भन्ने ठहर गर्दै मैले यो निर्णय गरेको हुँ’, हंगेरी छनोटबारे उनले भनेका छन्।

सन् २०१९ को अगस्टमा रुसी सूचना अनुसार इन्टरपोलको मद्दतमा हंगेरीको प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । तर, त्यो भन्दा पहिले नै उनको वकिलले शरणार्थीका लागि निवेदन दिएकाले त्यो गिरफ्तारीको मुद्दा कमजोर बनेको थियो।

सन् २०२० मा हंगेरीको अदालतले उनलाई घरमै नजरबन्दको निर्णय गरेको हो। मतलब उनलाई देश छाड्न नपाउने भन्ने आदेश दिएको थियो। अर्को एक आवेदन यो निर्णय खारेज गर्दै उनको शरणार्थी प्रक्रिया स्थगित गर्न आवेदन परेको थियो।

नेसनल डाइरेक्टीभ जनरल फर एलाइन्स पोलीसिङ नाम रहेको सो शरणार्थी अफिसले रुसी प्रशासनको त्यो अनुरोधलाई अस्वीकार गरेको थियो। शरणार्थी आवेदन दिनेले कुनै राजनीतिक, जाती विशेष, धार्मिक, राष्ट्रिय र अन्य धरातललाई आधार मानेको नपाइएकाले हंगेरीको शरणार्थी कार्यालयले रुसी प्रशासनको अनुरोधलाई अस्वीकार गरेको हो। यसलाई एउटा नयाँ प्रमाणको रूपमा हेरिएको छ। लाजारेभको प्रतिनिधित्व गर्ने हंगेरीका कानुन व्यवसायी तमास फेजकास शरणार्थी अधिकारको बारे हंगेरीको नीति प्रस्ट भएको बताउँछन् ।

‘हामी रुसबाट तेल र ग्यासमा निर्भर रहेका छौं। यसले हगेरीको शासनको पुटिनसँगको सम्बन्ध सुमधुर भएको प्रस्ट हुन्छ। तर, यसको मतलब यसले कानुन नै प्रभावित पार्नुपर्छ भन्ने त होइन’, फेजकासले भने।

सन् २०१० मा सत्तामा उपस्थित भएपछि त्यहाँका राष्ट्रपति भिक्टर उर्बानले रुससँगको सम्बन्ध व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। हरेक वर्ष उनको रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने गरेको छ। साथमा तेल, ग्यास र आणवीक ऊर्जाका बारे रुस र हंगेरीको बीचमा दीर्घकालीन सम्झौता भएको छ।

हंगेरीका अधिकारी रुससँगको राम्रो सम्बन्धका कारण त्यहाँको कानुनी प्रक्रियामा प्रभाव नपर्ने कुरामा सचेत रहेको बुढापेस्टका अधिकारी बताउँछन्। त्यहाँ कानुन कार्यान्वयनका लागि ‘द नेसनल डाइरेक्टोरेट जनरल फर एलाइन्स पोलीसीङ’को रूपमा एउटा निकाय छ। यसैले हंगेरीको राष्ट्रिय स्वाधीनतामा असर नगर्ने गरी विभिन्न निकायबाट प्राप्त सूचनाको आधारमा कम गर्छ। कुनै पनि गतिविधि टुङ्गोमा पुग्नु भन्दा अगाडि त्यस निकायले आफूले गरेको निर्णय त्यस देशको कानुन भन्दा बढी आफ्नै देशको कानुन अनुसार रहोस् भन्ने कुरामा सावधानी अपनाउने गरेको छ।

हंगेरीमै उनले काम गर्ने गरेका रकेटको मोडलका बारे गुनासो खुलासा गरेका छन्। सिसाले बारेको स्थानमा उनले स्पुटनीक र प्रोटोन रकेटका विम्बहरू छन्। उनको ओछ्यानको रुसको अन्तरिक्ष कार्यक्रमको अभिन्न अङ्ग बनेको अगांराको लोगो छ। यसै वर्षको अप्रिलमासमेत यसले नयाँ लन्च गरेको थियो।

उसका बच्चा त्यसै कोठामा खेलिरहेका छन्। ती दुवै बच्चाले आफू हंगेरीको नागरिक भएर नै बाँच्ने बताइसकेका छन्। ‘मलाई थाहा छ कि हंगेरी ठूला देशले घेरिएको एउटा सानो देश हो। यहाँ आफ्नो कानुन कार्यान्वयन गर्न धेरै कठिन हुन्छ’ लाजारेभले भने।

रुससँग सम्बन्धित अर्को घटनाले भने उनको आशालाई बलियो बनाएको छ। सन् २०१९ मा एलेक्सी टोरुबारोभले युरोपेली न्यायालयबाट शरणार्थी सम्बन्धी मुद्दामा जित हात पारेका थिए।

बाहिर हेर्दा सुखद जीवन देखिएको रुसका नागरिकका अनेकन् पीडा छन्। देश छाडेर जानेहरूले पनि सुख भने पाएका छैनन्। त्यहाँको सरकारले विदेशी सरकारलाई प्रभावमा पारेर भए पनि त्यहाँ पुगेका शरणार्थीलाई दुख दिने छाडेको छैन। यसका थुप्रै उदाहरण छन्।
रुसले केही समय अगाडि युक्रेनमाथि गरेको आक्रमणका कारण त धेरैले देश छाडेका छन्। उनीहरूले सत्ताप्रातिको असन्तुष्टिका कारण देश छाडेका हुन्। सुरुमै रुसले युक्रेनमा हमला गरे पछि त्यहाँ विद्रोह भएको थियो। त्यो विद्रोह पछि ‘फेक न्युज’ कानुन पनि लागू भएको थियो। यस कानुनले युद्ध र त्यहाँका सेनाको विरुद्धमा आवाज उठाउन र धारणा व्यक्त गर्न बर्जित गरेपछि धेरैका लागि देश छाड्नु सबैभन्दा उपयुक्त विकल्प भएको हो। त्यसो त विभिन्न समयमा देशको कठोर कानुन र सरकारी ज्यादती सहन नसकेर त्यो देश छाड्नेको लामो शृङ्खला नै छ।

यसरी रुस छाड्नेमा भालेरी ल्युकीनको नाम अग्रपङ्क्ति मै आउँछ। ल्युकिन कुनै समय सोभियत सङ्घको स्टार जिम्न्यास्ट थिए। सन् १९८५ देखि १९९२ सम्म सोभियत जिम्न्यास्ट टोलीमा रहेका उनले सन् १९८८ को ओलम्पिकमा दुई स्वर्ण र दुई रजत पदक जितेका थिए।

सन् १९९२ मा उनी अमेरिका पुगेर डालास क्षेत्रमा जिम्न्यास्टिकको विकासको काममा आफूलाई समर्पित गरेका थिए। उनै समर्पण स्वरूप वर्ल्ड जिम्न्यास्टिक एकेडेमी (ओगा) नामको जिम्न्यास्टिक प्रशिक्षण केन्द्र गठन भएको थियो। ओगाकै कारण अमेरिकाले दुई जना स्टार जिम्न्यास्ट मात्र उत्पादन गरेन, उनीहरूकै समकक्षमा पुग्ने होडबाजीमा त्यहाँ जिम्न्यास्टिक खेललाई नै नयाँ उचाइ दिएको थियो।

सन् २००४ मा म्याडी पिटरसन तथा २००८ मा नास्टीया ल्युकिनको रूपमा दुई स्टारको उदय भएको थियो। रियो ओलम्पिकको अलराउण्ड टिममा समावेश भएकी म्याडिसन कोकीयन पनि ल्युकिनकै शिष्य हुन्।

रुसी सत्तासँग विवाद भएपछि उनले सन् १९९३ मा काजकिस्तानको प्रतिनिधित्व गरेर विश्व च्याम्पियनसीप तथा त्यसको एक वर्षपछि एसियाली खेलकुदमा सहभागिता जनाएका थिए। परन्तु उनले त्यहाँ कुनै सफलता पाएका थिएनन्।

रुसी सत्तालाई एक दिन देखाइदिने झोक बोकेर त्यहाँबाट हिँडेका ल्युकिनले आफ्नो छोरीलाई ठूलो मेहनत गरेर सन् २००८ को ओलम्पिक च्याम्पियन बनाएका हुन्। त्यसै ओलम्पिकमा उनकी छोरी नास्टियाले टिम स्पर्धाकासाथै ब्यालेन्स बिम र अनइभन बारमा रजत र फ्लोरमा कास्य पदक जितेकी थिइन्।

रुसी सत्ताको ज्यादती सहन नसकेर देश छाड्ने एकसे एक व्यक्तित्वमा वैज्ञानिकदेखि खेलाडीसम्म छन्। यसैका दुई प्रतिनिधि पात्र हुन्, लाजारेभ र ल्युकिन। स्रोत: बीबीसी, इन्डस्टार

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : १० बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने