श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई विशेष जिम्मेवारी प्रदान | Khabarhub Khabarhub

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई विशेष जिम्मेवारी प्रदान


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नाशिदलाई विषेश जिम्मेवारी दिएका छन् ।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्काको लागि राहत संकलन गर्न संयोजनकारी भूमिका खेल्ने विशेष जिम्मेवारी उनलाई दिइएको हो ।

विशेष गरेर अन्य मुलुकहरूले श्रीलङ्कालाई दिने सहयोगका लागि उनले संयोजनकारी भूमिका खेल्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिदले संयोजनकारी भूमिका खेल्न चाहेको र त्यो जिम्मेवारी दिन आग्रह गरेको पनि प्रधानमन्त्रीको कार्यालयले स्वीकार गरेको छ ।

कार्यालयका अनुसार नाशिदको आग्रह अनुसार नै उहाँलाई प्रधानमन्त्री विक्रमासिङ्घेले जिम्मेवारी दिएका हुन् ।

आफ्नो देशलाई सघाउन लागेकोमा विक्रमासिङ्घेले नाशिदलाई धन्यवाद दिँदै श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“श्रीलङ्काको आर्थिक सङ्कट समाधानका लागि सहयोगी भूमिका खेल्न चाहेको र त्यसका लागि विभिन्न मुलुकहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएमा गर्ने माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदको प्रस्तावलाई मैले स्वीकार गरेको छु । सोही अनुसार उहाँलाई जिम्मेवारी पनि दिएको छु,” प्रधानमन्त्री विक्रमासिङ्घेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केही दिन अगाडि विक्रमासिङ्घे प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

उनले शुक्रबार नै मन्त्रपरिषद् विस्तार पनि गरेका छन् । त्यसैगरी सङ्कट समाधानका उपायका बारेमा अन्य सरोकारवालासँग पनि पहल गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ११ : ४५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र