पोखरामा नेकपा समाजवादीका आचार्य तीन हजार मतले अगाडि | Khabarhub Khabarhub

पोखरामा नेकपा समाजवादीका आचार्य तीन हजार मतले अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्थानीय तह सदस्य निर्वाचन-0२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको जानकारी अनुसार ७२ हजार ९१८ मत गणनाको घोषित परिणामअनुसार प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४४२ मतान्तरले अघि रहेका छन् । आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्दा उनका प्रत्याशी कृष्णबहादुर थापाले २६ हजार ३७५ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट अघि रहेकी छन् । रानाभाटले ३० हजार २६० मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जुदेवी गुरुङको ३० हजार १७६ मत पाएकी छन् । उपमेयरका दुई उम्मेदवार गुरुङ र रानाभाटको मतान्तर भने १ सय हाराहारी मात्रै छ ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १८ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले १३ वडामा जीत हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६ र २७ नं वडा जितेको छ । नेकपा ९एमाले०ले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ४७ बजे

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,