सशस्त्रका पौडेल एआइजीमा पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

सशस्त्रका पौडेल एआइजीमा पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे।

समारोहमा महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारीका क्षेत्रमा प्रदर्शन गरेको कार्यक्षमता, साङ्गठनिक विकासमा पुर्‍याएको योगदान तथा सेवाप्रतिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नति गरेको बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरू सबै समान रहेको उल्लेख गर्दै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामूहिक नेतृत्व र सामूहिक निर्णयका साथ सङ्गठनलाई अगाडि बढाइने स्पष्ट पारे ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ११ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश