रुपन्देहीको गैडहवामा एमाले उम्मेदवार निर्वाचित | Khabarhub Khabarhub

रुपन्देहीको गैडहवामा एमाले उम्मेदवार निर्वाचित


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार माधुरी जैसबाल ४, ७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४,६५९ मत ल्याएकी छन् ।

९ वटा वडा रहेको गैडहवामा वडा नम्बर एक बाट एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतले निर्वाचित भएका छन् । यस्तै वडा नम्बर २ मा जनमत पार्टीका सराजुद्दीन धुनीयाँ ५ सय ७८, वडा नम्बर ३ मा स्वतन्त्रबाट ५ सय १० मत ल्याई राम अजोर यादव निर्वाचित भएका छन् । 

वडा नम्बर ४ बाट नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मी ५ सय ५५ मतले, वडा नम्बर ५ बाट नेपाली कांग्रेसकै  विजय कुमार शर्मा ८ सय ६४ मतले, बडा नम्बर ६ बाट नेपाली कांग्रेसकै राज कुमार लोध ५ सय ८९ मतले, वडा नम्बर ७ बाट जनमतका लाल बहादुर केवट ७ सय १ मतले , वडा नम्बर ८ बाट नेकपा एमालेका भुवन बहादुर राना मगर ८ सय ६९ मतले र वडा नम्बर ९ मा नेकपा एमालेकै मिना क्षेत्री ५ सय ९६ मतले निर्वाचित भएका छन् ।

३० हजार ३ सय ५१ मतदाता रहेको गैडहवामा २३ हजार ६ सय ६२ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : ५९ बजे

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ