बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटो फिचर)


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बलात्कार तथा यौन हिंसामा परेको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्याद हटाउनुपर्ने र पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०