एमाले १७८ पालिकाको प्रमुखमा विजयी « Khabarhub

एमाले १७८ पालिकाको प्रमुखमा विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार १७८ वटामा विजयी बनेका हुन् ।

आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । विभिन्न कारण स्थगित भएका तीन वटा केन्द्रमा निर्वाचन हुन बाँकी नै रहेको छ ।

मतगणना सम्पन्न भएका पालिकामध्ये एमालेले नेपाली कांग्रेस पछाडि बढी स्थानमा विजय प्राप्त गरेको छ । कांग्रेसले भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ११ : २७ बजे

राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप

महाकालीमा डुबेर दुई किशोरी बेपत्ता

बैतडी –महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन्

जुम्लामा गाईजात्रा : के हाे विम्ब खडा गर्ने परम्परा ?

जुम्ला – जुम्लामा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत,

नेपाल–भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुर्पछ : पुष्पा भुषाल

काठमाडौँ – उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई

रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर]

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन,