खोलामा डुबेर युवकको मृत्यु | Khabarhub Khabarhub

खोलामा डुबेर युवकको मृत्यु


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको डुबेर मृत्यु भएको छ ।

आज दिउँसो साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुबेर बेपत्ता भएका थिए । अली खोलामा बेपत्ता भएपछि साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अलीको खोजतलास गरेको थियो ।

खोजतलास गर्ने क्रममा प्रहरीले अलीलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएको थियो ।

अस्पताल पुर्‍याइएका अलीलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ३० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको