पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढायो : डा. कोइराला | Khabarhub Khabarhub

पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढायो : डा. कोइराला


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन्।

नेविसंघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन् । उनले कम्युनिष्टसँग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सबै  लाग्नुपर्ने धारणा राखे। नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने स्पष्ट पारे।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताए। उनले चुनावमा हुने पदको बार्गेनिङसंग कांग्रेस डराउन नहुने तर्क गरे।

चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उनले बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : २३ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक