राप्रपा नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन  | Khabarhub Khabarhub

राप्रपा नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ ।

जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् ।

एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

यो सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : २३ बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते