पल प्रकरणमा किन आयो 'ट्विस्ट' ? | Khabarhub Khabarhub

पल प्रकरणमा किन आयो ‘ट्विस्ट’ ?


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पल शाहविरुद्ध जर्बजस्ती करणीको आरोप लगाएकी नाबालिगले गत आइतबार अदालतमा एक्कासि बयान बदलेपछि घटना एकपटक पुनः चर्चाको विषय बनेको छ । गत आइतबार तनहुँ अदालतमा बकपत्र दिन जानुअघि पीडित नाबालिगलाई ‘काउन्सेलिङ’ गरिएता पनि उनले अन्तत बयान फेरिन्।

प्रहरीको अनुसन्धान अधिकारीसमक्ष पलले आफूलाई बिहेको प्रलोभन देखाएर पटकपटक जर्बजस्ती करणी गरेको बयान दिएकी नाबालिगले अदालत पुगेपछि बकपत्रका क्रममा आफूलाई पलले बलात्कार नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको बयान दिइन् । उनले बकपत्रमा आफू बिरामी रहेको र मानसिक अवस्था समेत ठिक नभएको भन्दै प्रहरीमा के-के बयान गरेको हो सो समेत थाहा नभएको बताएकी थिइन्। नाबालिगको बयान फेरिएसँगै त्यसपछि बकपत्र गराएका उनको पितासहित अन्यको बयान समेत फेरिएको छ ।

नाबालिगमाथि पटक पटक करणी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलविरुद्ध जाहेरी परेको थियो । दुबै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो। तर, नाबालिग अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर हुने अनुमान गरिएको छ । तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडित नाबालिगका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताएका छन् ।

जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार जाहेरीमा सहीछाप आफ्नै हो भनेर स्वीकारे पनि छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान नाबालिगका बुबाले दिएका छन् । सोमबार भने पीडितको पक्षबाट गायक कमल खत्रीसहित सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए । यस्तै , मंगलबार नै गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन् । यसपटक बकपत्रमा नाबालिग र उनका परिवारले बयान फेरेपछि अन्यको पनि बयान फेरिएको छ । अदालतमा ८ जनाको बकपत्र भएको र स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बकपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए ।

सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झूटो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा नाबालिगको बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध जाहेरी दिएका थिए । अन्तिम पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती १२ बजेतिर ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख गरिएको थियो ।

उजुरी परेपछि शाहले १५ फागुनमा तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए । जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । पीडित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ । पल प्रकरणमा आज बुधबार जिल्ला अदालत नवलपुरमा पनि बकपत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अदालतले पत्रचार गरेको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । गत २३ चैतमा जिल्ला अदालत नवलपुर थुनछेक आदेश जारी गर्दै पललाई थुनामा राख्ने आदेश दिएको थियो ।

होस्टायल भएकी हुन् नाबालिग ?

नाबालिगले पललाई औधी माया गर्छिन् । उनले कानुनी प्रक्रियामा गएपछि पललाई यस्तो कारवाही हुन्छ भन्ने सोचेकी थिइन् । श्रोतका अनुसार पल पुर्पक्षकालागि थुनामा जाँदा नाबालिग भावुक बनेकी थिइन् । ‘नाबालिगको आशय पललाई तर्साएर आफ्नो बनाउने झैँ पनि देखियो । त्यो बीचमा आफू पिडित बनेको उनले बुझेकी रहिन्छिन ‘ श्रोतले भन्यो ।

नाबालिग मात्र नभई उनका परिवार समेतलाई पल पक्षबाट प्रस्ताव गएपछि बकपत्रमा बयान फेरिएको हो । ‘नाबालिगको जीवन र पलको जीवन यतिकै बर्बाद हुने भन्दै पलको परिवारका सदस्य सहित उनका पक्षले नाबालिगको परिवारलाई दुबै पक्ष जित्ने प्रस्ताव गरेका थिए ‘ श्रोतले बतायो। श्रोतका अनुसार बकपत्रमा बयान बदलेर मुद्दा कमजोर भएपछि पल धरौटीमा बाहिर आउने र नाबालिग पनि कानुनको फन्दामा नपर्ने भनेर नाबालिगको परिवारलाई कन्भिन्स गरिएको हो । ‘नाबालिग र पल बाहिर भएपछि कानुन अनुसार उमेर पुगेपछि बिहे गर्ने समेत पारिवारिक सहमति भएको छ । कानुनले सजायनै गरेपनि नाबालिगका बाबु केही समय मात्र सजाय भोग्ने र त्यो समयसम्म पलले नै परिवारको आर्थिक रुपमा हेरचाह समेत गर्ने पारिवारिक सहमति भएको छ’ श्रोतले दाबी गर्यो ।

पललाई नाबालिगले कति माया गर्थिन् भन्ने त सार्वजनिक अडियोले नै प्रस्ट्याइसकेको छ । उनी पललाई कानुनी सजाय दिलाउन चाहन्थिन् तर त्यो भन्दा बढी आफ्नो बनाउन । त्यसैले गर्दा यसपटक पलको परिवार र साथी गायक लगायतले प्रस्ताव लगेपछि नाबालिग सहित उनका बुबाले समेत बयान फेरेको श्रोतको दाबी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ३२ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।