तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन | Khabarhub Khabarhub

तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व – विगत तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।

लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो ।

एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिएका छन् । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए। उनका अनुसार वडा नं १ को लामाक्याङबाट रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी आठ–नौ किलोमिटरमा जमेको हिउँ पन्छाइएको हो ।

यस खण्डमा साढे दुई फिटदेखि लिएर पाँच फिटसम्म हिउँ जमेको थियो । मध्यपहाडीको महत्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए । सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् । सडकमा जमेको हिउँ पन्छाएसँगै आजदेखि नियमितरूपमा रुकुमपूर्व र रोल्पाबाट पोखरा–काठमाडौँ सवारी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : १४ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका