कुवेतमा एक नेपाली युवक मृत भेटिए « Khabarhub

कुवेतमा एक नेपाली युवक मृत भेटिए


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

विगत दुई वर्षअघि त्यहाँ पुगेका मण्डल कोठाभित्र झुन्डिएको अवस्थामा देखेपछि साथीहरुले कुवेत प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण आत्महत्या हो या होइन भन्नेबारे कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

मृतकको शवलाई कम्पनी तथा उनको परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो नेपाली पठाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ११ : ३४ बजे

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

दाङ – तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले एक

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार जित नजिक

चितवन – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका

गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित  

काठमाडौँ – झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुवैमा

पुर्नवासमा मेयर र उपमेयरमा कांग्रेस विजयी

कञ्चनपुर – कञ्चनपुरको पुर्नवास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा

रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दोहोरिए

पाल्पा – पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन्