बाढीका कारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध | Khabarhub Khabarhub

बाढीका कारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- निरन्तरको वर्षापछि आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटोका कारण गाउँदेखि काठमाडौंसम्मको सिधा यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुलाई सास्ती भएको छ ।

मेलम्ची नगरपालिकाअन्तर्गत पर्ने उक्त सडकखण्डको राम्चेमा पहिरो जाँदा यातायात सञ्चालन गर्न जोखिम देखिएपछि स्थानीय तहले नै मर्मतका लागि बाटो बन्द गरेको हो ।

बाटो मर्मतको काम भइरहेको भए पनि नियमित यातायात सञ्चालनका लागि दुई सातासम्म लाग्ने मेलम्ची नगरपालिकाका इञ्जिनीयर जीतबहादुर कार्कीले बताए ।

बाढीका कारण मेलम्ची बजारमा पुल नहुँदा वैकल्पिक सडकको प्रयोग गर्दै आइरहेका पाँचपोखरीका स्थानीयलाई खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : २१ बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो