शेयर निष्कासनको प्रस्ताव पारित गर्दै अपर तामाकोशी | Khabarhub Khabarhub

शेयर निष्कासनको प्रस्ताव पारित गर्दै अपर तामाकोशी


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा शुक्रबार हुँदैछ। सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ।

सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ। जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ।

सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : ३९ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती