कावासोती नगरपालिकामा एमाले विजयी | Khabarhub Khabarhub

कावासोती नगरपालिकामा एमाले विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो ।

कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतले पछि पार्दै कावासोतीको नगरप्रमुखमा भुसाल निर्वाचित भएका हुन् । निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मतमात्रै प्राप्त गरे । 

त्यसैगरी कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपप्रमुखमा निर्वाचित भएकी छिन् । एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ मतमात्रै प्राप्त गरे।

१७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको छ । त्यस्तै, चार वटा वडाध्यक्ष नेपाली कांग्रेस र एउटा वडाध्यक्ष नेकपा (माओवादी केन्द्र) ले जितेको छ । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ३६ बजे

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको