जुम्लाका ८ वटै स्थानीय तहको मतगणना सकियो, कहाँ कसको जित ? | Khabarhub Khabarhub

जुम्लाका ८ वटै स्थानीय तहको मतगणना सकियो, कहाँ कसको जित ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको आठ वटै स्थानीय तहको  मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ ।

दुई स्थानीय तहमा नेकपा माओवादी केद्रले जितेको छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत विजयी भएका हुन् । कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदम बहादुर शाहीले दुई हजार ३ सय ४१ मत ल्याए ।

कांग्रेसले तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख जितेको  छ । नेकपा एकीकृत समाजवादी पार्टीले एक उपप्रमुख  जितेको छ ।चन्दननाथ नगरपालिकामा उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् । त्यस्तै नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । 

जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा कांग्रेसका दानबहादुर बूढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्याशी एकीकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन् । उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् । उनका प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्या बुढाले १२१४ मत प्राप्त गरेकी छन् ।

जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपाध्यक्षमा गोरीकला बूढा (कल्पना) विजयी भएका छन् । रोकाया  कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले एक हजार ९ सय १५ मत मात्र प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बूढा (कल्पना) विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुष्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् ।त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजयी भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् । 

त्यस्तै सिजागाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले नेपाली कांग्रेसका नन्दराम बूढा १ सय १८ मतअन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । उनी १ हजार ९ सय ४९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत ल्याएर पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९ सय ५६ मतले विजयी भएकी हुन् । भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत ल्याएर पराजित भएकी हुन् ।त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । अध्यक्ष बोहराले दुई हजार सात सय ६८ मत प्राप्त गरेका छन् । अध्यक्षमा प्रत्याशी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् । उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त ल्याएकी हुन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बूढा दुई हजार चार सय ६३ मत ल्याएर पराजित भएकी हुन् ।

त्यस्तै जुम्लाको कनकसुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बूढा विजयी भएकी हुन् ।अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष बुढाले दुई हजार तीन सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्याशी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँच सय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन् । २०७४ को निर्वाचनमा  माओवादीले तीन अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो । कांग्रेसले ५ अध्यक्ष दुई उपाध्यक्ष जितेको थियो ।त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् । लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मरराज शाहीले एक हजार ४ सय २३ मत ल्याएर पराजित भएका हुन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५ सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ०१ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज