मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगको निर्देशन | Khabarhub Khabarhub

मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगको निर्देशन


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन दिइएको जानकारी दिए । उनले ५ गतेसम्म सबै स्थानको परिणाम सार्वजनिक गर्ने भनिएपछि सम्भव हुन नसकेको बताए ।

त्यस्तै वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने उनले बताएका छन् ।

त्यस्तै, आयोगले स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको प्रवक्ता पौडेलले बताए ।

प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र निर्वाचन स्थगन भएका ३५ स्थानीय तहमा पुन मतदान भएको बताए भने अछामको साँफेबगरमा जेठ ६ गते र उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा निर्णय हुन बाँकी रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन