चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण « Khabarhub

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो  ।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित मेयर राजुसिंह कठायतले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताए । 

त्यस्तै उपमेयर रामदेवी खड्काले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने  प्रतिबद्धता गरिन् । समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिएकी थिइन् । उनले भौतिक विकाससँगै सामाजिक विकासलगायत नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जोड दिइन् । 

चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् । जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ५३ बजे

शनिबारको मौसम पूर्वानुमान : देशभर वर्षा

काठमाडौं– आज देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

आज शनिबार, शनिको पूजा गर्नुहोस्

काठमाडौँ – हिन्दू धर्ममा विश्वास राख्ने मानिसले हप्ताको सातै दिन

आज २०७९ साल असार १८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७९ साल असार १८ गते शनिबार। ज्योतिष

रवि लामिछानले दर्ता गरेको पार्टीमा को को छन् केन्द्रीय सदस्य ?

काठमाडौँ– रवि लामिछानेको पार्टी’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको