क्यामरुनमा १९ प्यालेस्टाइनी कामदार अपहरित | Khabarhub Khabarhub

क्यामरुनमा १९ प्यालेस्टाइनी कामदार अपहरित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक क्यामरुनमा प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् ।

क्यामरुनको सुरक्षा निकायले दिएको जानकारी अनुसार मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।

क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ती अधिकारीले मंगलबार सो क्षेत्रमा केही बन्दुकधारी आएका र कम्तीमा पनि १९ जना प्यालेस्टाइनी कामदारलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुलाई कसले र किन अपहरण गरी लगेका हुने भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न