थार समीक्षा : सामाजिक मुद्दाको फितलो 'पटकथा' | Khabarhub Khabarhub

थार समीक्षा : सामाजिक मुद्दाको फितलो ‘पटकथा’


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् ।

दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् । केही समय अगाडिसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यसैले गर्दा पछिल्लो समय ओटीटीमा पनि हल झैँ विकेन्डमा कन्टेन आउने गरेका छन् । ओटीटीमा आएको पछिल्लो फिल्म मध्ये एक हो ‘थार’ । 

अनिल कपूरको अभिनयसँगै निर्माण रहेको फिल्म ‘थार’ नेटफ्लिक्समा रिलिज भएको हो । मे ६ देखि स्ट्रिमिङ भइरहेको फिल्म थ्रिलर जनरामा रहेर बदलामाको कथामा आधारित छ । फिल्मले सामाजिक इस्यु नै बोकेको छ । ‘थार’ भन्नाले भारतीय उपमहाद्वीप को पश्चिमोत्तरी भागमा रहेको मरुभूमिलाई बुझिन्छ । अर्थात कोमलता नभएको सुख्खा । यो थिम फिल्मका अभिनेता हर्षवर्धन कपूरमा देखिन्छ ।

उनले आफ्नो भूमिकामा सम्भावना देखाइसकेका छन् । उनले निर्वाह गरेको भूमिकाले उनलाई सामान्य युवाबाट माथि उठाएको छ । पश्चिमी नोयर शैलीबाट प्रभावित  ‘थार’ मा ८० दशकको कथा छ । यसमा सिद्धार्थ अर्थात् हर्षवर्धन कपूर रोजगारीका लागि पुष्करमा पुगेपछि आफ्नो विगतको बदला लिनका लागि यात्रामा निस्कन्छन् । जहाँ उनका ‘इँटा अनुल’ कपूर ‘थानेदार’ छन् । फिल्ममा अनिल कपूर (सुरेखा सिंह) र सतिश कौशिक (भुरे) को मित्रता थारमा देखिन्छ । वर्षौँदेखि एकै थानामा काम गरिरहेका यी दुई एक अर्काका विश्वासिलो पात्र हुन् । तर, गाउँको अवस्था, राजनैतिक उथलपुथलले यिनीहरूलाई प्रहरी भएको महसुस हुन् दिएको छैन । त्यसैले एक हत्याकाण्डको जाँच गरिरहेका भुरेले सुरेखालाई भन्छन्, ‘सर १ बल्ल प्रहरी भए जस्तो लागेको छ । हामी सोधपुछ गरिरहेका छौँ । ‘

फिल्मको सुरुवातमै एक घरमा लुटेराहरूको समुहले लुटपाटसँगै ज्यान मारेको देखाइन्छ । त्यहाँ डाकूले सबै लुटपाट गरेर सबैलाई मारेर फर्किन्छन् । स्थानीय मुकदर्शक भएकै कारण प्रहरीको अनुसन्धान लयमा पुग्दैन । यद्यपि सुरेखा आफ्नो सहयोगी भुरेसँगै अनुसन्धानमा जुट्छिन् । लुटपाट र ज्यान मार्नुलाई समान्य रुपमा लिने समाज भएकाले सुरेखाकी श्रीमतीले एक पटक भन्छिन् ‘ज्यादा पुलिस नबन्नुस् है ।’ कानुनले काम नगरेको समाजमा उनलाई डर हुन्छ । त्यही डरलाई उनको डायलग मार्फत निर्देशकले बुझाउन खोजेका छन् । 

हर्षवर्धन (सिद्धार्थ कुमार) शान्त छन् । तर, बाहिर जति शान्त छन् भित्र त्यति नै ज्वालामुखी छ । उनको भित्र एउटा घटना लुकेको छ । जसको आभाष उनले हुन् दिएका छैनन् । उनलाई एक पटक ढावामा भेट्दा सुरेखाले उनको बारेमा ढावा सञ्चालकलाई सोध्छन् ‘यी को हुन् रु किन मौन छन्’ ? जवाफ आउँछ, उनले अहिले सम्म चिया , पकौडा र हिसाब कति भयो रु बाहेक केही बोलेका छैनन् । यद्यपि उनको शान्त स्वभावले सुरेखालाई शंका गर्न बाध्य बनाउँछ । 

यी शान्त स्वभावका सिद्धार्थले आफूले पुराना समानहरूलाई उत्खनन गरेर बेच्ने बताउँछन् । त्यही शिलशिलामा उनी केही कामदार खोज्न एक घरमा पुग्छन् । त्यो घरमा फातिमा साना शेख (चेतना) भेटिन्छिन् । उनका पति साथीहरू काम गर्न बाहिर गएको र केही दिनमा आउने जानकारी दिन्छिन् । उनको पति घर फर्किएपछि सिद्धार्थले कामको अफर दिन्छन् । आफ्नो अनुपस्थितिमा घर आउँदा छरछिमेकमा चलेको चर्चाले रिसाएका चेतनाका पति आफ्नो अन्य तीन साथीसँग कामलाई फत्ते गर्न रेडी हुन्छन् । पैसाको लोभमा काममा निस्किने तयारी हुन्छ । यसपछि फिल्मको कथा सुरु हुन्छ । 

फिल्मको टाइटल ‘थार’ ले सिद्धार्थको मनोविज्ञानलाई चित्रण गरेको छ । शान्त सिद्धार्थ, प्रहरीगरी देखाउने तयारीमा रहेका सुरेखा, आफ्नो पतिबाट नै पीडित देखिएकी चेतना, लोभ लालचमा फसेका चेतनाका पतिबीचको अन्तरद्वन्द्व नै फिल्मको कथासार हो । फिल्ममा देखाउन खोजिएको विषय नयाँ होइन, तर सर्वाधिक चर्चा हुने विषय हो । तर, निर्देशक राज सिंह चौधरीले पुरानो कथामा कलाकारबाट गराएको मेहनतमा स्क्रिनप्लेलाई बगाउन सकेका छैनन् । फिल्ममा अनिल भन्दा उनका सहायक बनेका सतिश दमदार देखिएका छन् । यद्यपि यी दुईले नै आफ्नो क्षमता देखाउने धेरै ठाउँ छैन । 

फिल्ममा फातिमा घरेलु हिंसा सहेर बसेकी श्रीमतीको भूमिकामा छिन् । उनलाई ‘बच्चा’ नभएको आरोपमा श्रीमानले हिसां गर्ने गरेका छन् । उनलाई ‘तिम्रो कारण बच्चा’ भएन भनेर भनिएको छ । आफ्नो श्रीमानबाट माया नपाएकी र हेपाइ खाएकी चेतना विस्तारै सिद्धार्थले गर्ने व्यवहारबाट आकर्षित हुन्छिन् । उनले राजस्थानी लवजलाई राम्रोसँग पकडेकी छन् । उनले दुरुस्तै स्थानीयको झल्को दिएकी छिन् । 

फिल्ममा हर्षवर्धनले पनि आफूलाई बलियो रुपमा प्रस्तुत गरेका छन् । उनले फिल्मको थिम अनुसार आफ्नो लुक्स र आफ्नो स्वभाव देखाएका छन् । यद्यपि निर्देशकले कथालाई पटकथामा ढाल्दा नयाँपन दिन नसक्दा दर्शकलाई  उत्साह हुँदैन । क्रुरताको हदलाई केही बढाए पनि फिल्मले त्यसलाई कायम गर्न सकेको छैन । डेब्यु निर्देशनमा राजले फिल्मलाई थ्रीलर लुक्स दिएता पनि पटकथामा नयाँ पन दिएका छैनन् । यसैले गर्दा कलाकारले गरेको अभिनयलाई ‘न्याय’ नपाएको प्रस्टिन्छ । फिल्मले सामाजिक मुद्दा बोकेता पनि त्यसलाई स्क्रीनप्ले मार्फत प्रस्ट्याउन सकेको छैन । 

नेटफ्लिक्समा उपलब्ध फिल्ममा विशेषत हर्षवर्धनको अभिनयले आकर्षण गर्नसक्छ । यद्यपि फिल्मको कथाले जगाउने उत्सुकतालाई अभिनय र मेकिङले धेरै बेरसम्म होड गर्न कठिन नै हुन्छ ।

 किनकी फिल्मलाई अगाडि बढाउने ‘पटकथा’ ले फिल्म हेर्दै गर्दा ध्यान मोडिन प्रसस्त ठाउँ दिन्छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ३९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द