लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामग्री सहयोग


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सञ्चारिका समूह नेपाल जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ सेवा समाज कतारले सामग्री सहयोग गरेको हो । मंगलबार बेँसीशहरमा एक कार्यक्रमकाबीच ३५ जना महिला पत्रकार तथा सञ्चारकर्मीलाई मास्क र स्यानीटाइजर लगायतको सामग्री प्रदान गरेको शाखा अध्यक्ष बसन्ती भट्टले बताइन् ।

उनका अनुसार जिल्लामा कार्यरत क्रियाशील महिला पत्रकारलाई लक्षित गरी सामग्री प्रदान गरिएको हो । शाखाका सचिव बेलिना थापाका अनुसार लमजुङ सेवा समाज कतारको सहयोगमा १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो ।

३५ जनालाई एक-एक प्याकेट मास्क, १०० एमएलको एक-एक वटा स्यानीटाइजर प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ सेवा समाज कतारका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार नवराज नखोलाले विदेशमा रहेर पनि संस्था जन्मभूमिका लागि सहयोग गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विदेशमा रहेकाहरुको संस्थाले जिल्लाका पत्रकारका लागि सहयोग गरेर राम्रो काम गरेको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ३८ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,