दर्शकले खोज्न थाले 'केजीएफ २' सँग 'सलार' को कनेक्सन | Khabarhub Khabarhub

दर्शकले खोज्न थाले ‘केजीएफ २’ सँग ‘सलार’ को कनेक्सन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यतिबेला ‘केजीएफ २’ ले दर्शकलाई आकर्षित गरिरहेको छ ।

विश्वमा भारतीय फिल्म रुचाइने दर्शकले ‘केजीएफ २’ हेरिरहेका छन् । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरिरहेका छन् । यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ ।

उनको नेक्स्ट फिल्म हो ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् ।’सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । ‘केजीएफ २’ सफल भइरहँदा दर्शकले यसको कनेक्सन अर्को फिल्म ‘सलार’ सँग खोजिरहेका छन् । केजीएफकै मेकर्स र निर्देशकको फिल्म भएकाले कनेक्सन खोजिएको छ ।

‘केजीएफ २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान फ्यानले लगाएका छन् । ‘सलार’ को फस्टलुकमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् । उनीहरुले आफ्नो दुई प्रिय हिरो प्रभास र यशलाई एउटै फिल्ममा हेर्न चाहेको सामाजिक सञ्जालमा उल्लेख गर्दै कनेक्सन खोजिरहेका हुन् ।

‘केजीएफ२’ मा फर्मानाको आमाको क्यारेक्टर प्ले गर्ने कलाकार ईश्वरी राव ‘सलार’ मा समेत छिन् । यसले गर्दा पनि निर्देशक प्रशान्तले यी दुईको कथालाई एक आपसमा जोडेर अगाडि बढाउने अनुमान गरिएको छ । पछिल्लो समय बलिउडमा पनि मार्भल स्टुडियोको एभेन्जर्स र वार्नर ब्रोजको जस्टिस लिगकै शैलीमा दर्शकका प्रिय हिरोहरुलाई एकसाथ ल्याउने ‘ट्रेन्ड’ बढिरहेको छ ।

बलिउडमा रोहित शेट्टीले आफ्नो कप युनिभर्स बनाइसकेका छन् भने यशराज फिल्म्सले पनि ‘स्पाइ युनिभर्स’ बनाइरहेका छन् । यस्तैमा प्रशान्तले पनि त्यही अनुरुप ‘केजीएफ’ सँग ‘सलार’ लाई जोड्ने तयारी गरिरहेको चर्चा गर्दा फ्यानहरुले सामाजिक सञ्जालमा कनेक्सन खोजिरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न