गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, असफल पार्नुपर्छ :  प्रधानमन्त्री देउवा (भिडियो) | Khabarhub Khabarhub

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, असफल पार्नुपर्छ :  प्रधानमन्त्री देउवा (भिडियो)


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने  बताएका छन्।

नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनै पनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नु पर्ने बताएका हुन् । 

गठबन्धन टुटे दलहरु फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै रहेको उनको भनाइ छ। त्यस्तै उनले वर्तमान निर्वाचन प्रणाली अनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक रहेको धारणा राखे। त्यस्तै उनले गठबन्धन भएपछि गिभ एण्ड टेक हुने स्पष्ट पारे। 

कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने स्पष्ट भन्नुपर्ने भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको तर्क गरे। देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देशन दिए। 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ४४ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले